जेन-जी आन्दोलनबारे केही बोल्दैनौं : सञ्चार मन्त्रालय

रेडिट, डिस्कर्ड, इस्टाग्राममा चलिरहेको अभियानलाई सडकमा ल्याउन बल पुर्‍याउने गरी सरकारले प्लाटफर्म प्रतिबन्धको निर्णय गरेपछि जेन-जीको प्रतिवाद चर्किएको छ ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Let's not say anything about Gen-J movement: Ministry of Communications

काठमाडौँ — सामाजिक सञ्जाल निस्क्रिय बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेन-जीको प्रदर्शनबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । भ्रष्टाचार, करको दुरुपयोग र सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन माग गर्दै युवा पुस्ताले सोमबार प्रदर्शन गरेको छ ।

जेन-जीहरुले आफ्ना विरोधहरू रेडिट, डिस्कर्ड, इस्टाग्रामजस्ता एपमा राख्दै आएका थिए । जेन-जीले चलाएको ‘नेपो बेबी’ वा ‘नेपो किड’ अभियान यसअघि सामाजिक सञ्जालमै सीमित थियो । त्यही बेला सरकारले नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लाटफर्म निस्क्रिय पार्ने निर्णय लियो ।

‘मन्त्रिपरिषद्को प्रस्तावपछि मन्त्रालयले यो निर्णय लिएको थियो,’ मन्त्रालयका एक उच्च अधिकारीले कान्तिपुरसँग भने, ‘यत्रो आन्दोलन भयो, आजै मन्त्रिपरिषद् बैठक बस्दै छ, मन्त्रिपरिषद्ले टिप्पणी गर्ला, हामीले गर्न मिल्दैन ।’ 

नातावादको विरोध यस अभियानको मुख्य ध्येय भए पनि सामाजिक सञ्जाल प्रतिबन्धले यसलाई थप बल दियो । सरकारले प्लाटफर्महरू निस्क्रिय गरिदिएपछि युवा पुस्ताले आफ्नो आवाज राख्ने माध्यम गुमाए ।

सामाजिक सञ्जाल प्लाटफर्महरू सूचीकृत हुन नआएसम्म प्रतिबन्ध लगाउने अडानमा रहेको सञ्चार मन्त्रालयले ती प्लाटफर्म आएनन् भने के हुन्छ भन्नेबारे कुनै वैकल्पिक उपाय, कूटनीतिक पहल, रणनीति बनाएको छैन ।

कान्तिपुर

Link copied successfully