कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भने : तत्काल सामाजिक सञ्जाल खोल्नुहोस्

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि मन्त्रिपरिषद् बैठक हुँदै गर्दा देउवाले ओलीलाई फोन गरेको सहमहामन्त्री जीवन परियारले पुष्टि गरे।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Congress President Deuba said to Prime Minister Oli: Open social media immediately

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल खुला गर्न आग्रह गरेका छन् । कांग्रेस पदाधिकारी बैठकपछि सभापति देउवाले प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका तत्काल खारेज पनि आग्रह गरेका छन् ।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेकै बेला सभापति देउवाले ओलीलाई फोन गरेको सहमहामन्त्री जीवन परियारले बताए । 

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रमुख प्रतिपक्षी दल माओवादीसहितका विभिन्न राजनीतिक दलले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully