वीरगन्ज महानगर क्षेत्रमा राति ९ देखि बिहान ९ बजेसम्म कर्फ्यु

जेन–जीले वीरगन्जमा मंगलबार पनि प्रदर्शनको तयारी गरेसँगै स्थानीय प्रशासनले सोमबार रातिदेखि नै कर्फ्यु लगाएको हो ।

भाद्र २३, २०८२

शंकर आचार्य

Curfew from 9 pm to 9 am in Birgunj metropolitan area

पर्सा — जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सोमबार राति ९ बजे देखि मंगलबार बिहान ९ बजे सम्मका लागि उक्त कर्फ्यु आदेश जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सोमबार राति करिब ८ बजे कर्फ्यु आदेश जारी गरेका हुन् । उनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम उक्त कर्फ्यु आदेश जारी गरेका हुन् ।

कर्फ्यु आदेश जारी गरिएको क्षेत्रमा पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट रहेको छ ।

जेन–जीले वीरगन्जमा मंगलबार प्रदर्शनको तयारी गरेसँगै स्थानीय प्रशासनले सोमबार रातिदेखि नै कर्फ्यु लगाएको हो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully