राजीनामा दिने तयारीमा गृहमन्त्री लेखक

कांग्रेस बैठकमा आफूले राजीनामा दिने बताएर मन्त्रिपरिषद् बैठकमा सहभागी हुन निस्किएका थिए गृहमन्त्री लेखक

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Home Minister writer preparing to resign

काठमाडौँ — सोमबार जेन-जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ३ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी गरेका छन् । कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए ।

कांग्रेस सभापति देउवा त्यसमा मौन रहे भने गृहमन्त्री लेखकले राजीनामा दिने जानकारी गराएर त्यहीँबाट मन्त्रिपरिषद् बैठकमा गएका थिए । ‘दुई महामन्त्रीले यत्रो घटना हुँदा गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने कुरा सशक्त रूपमा उठाउनु भएको छ । सभापतिले केही भन्नु भएन । तर, गृहमन्त्री आफैंले राजीनामा दिन्छु भनेर मन्त्रिपरिषद् बैठकमा जानु भएको छ,’ बैठकमा सहभागी एक पदाधिकारीले भने,‘सम्भवतः उहाँले राजीनामा दिनुहुन्छ ।’

त्यसअघि कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्रीले मात्रै नभएर पार्टीले नै सरकार छाड्नुपर्ने बताएका थिए । ‘यो सरकारको औचित्व समाप्त भयो, गृहमन्त्रीले मात्रै होइन, पार्टीले वर्तमान सरकारबाट अलग हुनुपर्छ’ कान्तिपुरसँगको कुराकानीमा कोइरालाले भनेका थिए ।  

कान्तिपुर संवाददाता

Link copied successfully