जिल्ला प्रशासन कार्यालयले जेन-जीहरूको प्रदर्शनका क्रममा झडप भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू जारी गरेको हो।
कास्की — कास्कीको पोखरामा पनि अनिश्चितकालका लागि कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले जेन-जीहरूको प्रदर्शनका क्रममा झडप भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू जारी गरेको हो।
सोमबार दिउँसो २ बजेदेखि चार किल्लाभित्र पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी जुलुस, धर्ना र प्रदर्शन निषेध गरिएको छ।
पूर्वतर्फ वाईचोक, पश्चिमतर्फ बैदामको फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणतर्फ राष्ट्रबैंकलाई निषेधित क्षेत्र कायम गरिएको छ । यो क्षेत्र सरकारी कार्यालय भएको क्षेत्र हुन्।
जेन–जी प्रदर्शनकारीले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ गरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीले अश्रुग्यास, गोली र पानीको फोहोरमार्फत प्रदर्शनकारीलाई तितरबितर पारेको छ ।
