माइतीघरमा सुरू भयो जेन-जीको प्रदर्शन [तस्बिरहरू]

उनीहरूले 'आवर फ्युचर इज नट फर सेल', से नो टु करप्सन, जेन-जी हेयर-फ्युचर क्लियर' जस्ता नारा उल्लेखित प्ले-कार्डहरू बोकेर प्रदर्शन गरिरहेका छन्।

भाद्र २३, २०८२

हेमन्त श्रेष्ठ

Jen-G's performance begins at the funeral home [Photos]

काठमाडौँ — भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्दको विरोधमा जेन–जी पुस्ताको विरोध डिजिटल हुँदै सडकसम्म पुगेको छ। सोमबार बिहान ९ बजेदेखि काठमाडौँको माइतीघरमा भेला भएर उनीहरूले प्रदर्शन गरिरहेका छन्। पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो ।

Jen-G's performance begins at the funeral home [Photos]

सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेसँगै यो ट्रेन्डले झन् धेरै गति लिएको हो । ‘टिकटक’, ‘रेडिट’ जस्ता सामाजिक सञ्जालबाट फैलिएको यो ट्रेन्ड सडक प्रदर्शनमा पुगेको छ । काठमाडौं जिल्ला प्रशासनका अनुसार ‘हामी नेपाल’ नामक संस्थाले प्रदर्शनका लागि अनुमति लिएको छ । संस्थाका अध्यक्ष सुदन गुरुङका अनुसार पछिल्लो समय सरकारले चालेको कदम र भ्रष्टाचारविरुद्ध यो प्रदर्शन गरिएको हो । उनका अनुसार काठमाडौंसँगै देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ। उनीहरूले प्रदर्शन कहाँबाट सुरु गर्ने, कसरी सुरक्षित हुनेलगायतका टिप्सहरू सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरिरहेका छन् । विद्यार्थीलाई ड्रेस र पुस्तक नै बोकेर सडकमा उत्रिन पनि संस्थाले आह्वान गरेको छ ।

हेमन्त श्रेष्ठ कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully