कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

सोलुखुम्बुको थामेमा भीषण बाढी : खोज, उद्धारमा सेना, प्रहरी परिचालन गर्न निर्देशन

श्रावण ३२, २०८१
सोलुखुम्बुको थामेमा भीषण बाढी : खोज, उद्धारमा सेना, प्रहरी परिचालन गर्न निर्देशन

काठमाडौँ — गृह मन्त्रालयले सोलुखुम्बुको थामेमा आएको भीषण बाढी र त्यसबाट थामेखोला तथा दुधकोशी नदी तटीय क्षेत्रमा खोज तथा उद्धार र विपद व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गर्न निर्देशन दिएको छ । 

गृह मन्त्रालयले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेलाई बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र व्यवस्थापनमा खटाउन निर्देशन दिएको हो । बाढी आएको स्थान खुम्बु पासाङल्यामु गाउँपालिका–५ थामेमा पर्छ । त्यसबाट आएको बाढी अहिले थामे खोला हुँदै दुधकोशी नदीमा मिसिएको छ ।

रक्षामन्त्री मानवीर राईले विपदसँग जुध्न सबै किसिमका उपाय अपनाउने गरी रक्षा मन्त्रालयले गृहसँग समन्वय गरेको र सोहीअनुसार सुरक्षाकर्मी परिचालन नर्ग निर्देशन दिइएको बताए । ‘गृहमन्त्रीसँग कुराकानी भइसकेको छ । मैले कामु प्रधानसेनापतिज्यूलाई पनि विपद्‌बाट पार्ने जोखिमबाट बच्न, नागरिकलाई सुरक्षित स्थानमा लैजाने व्यवस्था गर्न र अरु भौतिक क्षति हुन नदिने उपाय अपनाउन सुरक्षाकर्मीहरुलाई परिचालन गर्न निर्देशन दिइसकेको छु,’ रक्षामन्त्री राईले कान्तिपुरसँग भने, ‘अहिलेसम्म मानवीय क्षति भए/नभएको यकिन विवरण आइसकेको छैन तर थामेको घटनास्थलमा बढी क्षति भएको आकलन गर्न सकिन्छ ।’

राईका अनुसार हालसम्म बाढीले नदी प्रवेश गरी पुल र अरु भौतिक संरचनामा क्षति पुर्‍याएको विवरण आइनसकेको पनि बताए । रक्षामन्त्री राई बाढी आएको खुम्बु पासाङल्यामु गाउँपालिकाको छिमेकी पालिका माप्य दुधकोशी गाउँपालिकाका स्थानीय हुन् ।


प्रकाशित : श्रावण ३२, २०८१ १६:२५
x
×