कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ को प्रदेश सभामा तोडफोड

घनश्याम गौतम

रूपन्देही — प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकैबीच सभामुखले छलफल अघि बढाएपछि विपक्षी दल कांग्रेसले कुर्सी, टेबुल तोडफोड गरेको छ । तोडफोड र नाराबाजीकैबीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएका थिए ।

एक बजे सुरु भएको बैठक विरोध भएपछि स्थगित भएको थियो । दुई घण्टासम्म पनि कुनै सहमतिको विन्दु नभेटिएपछि सुरु भएको बैठकमा कांग्रेसले पुन: अवरुद्ध गरेको थियो । तर, सभामुखले बैठक निरन्तरता दिएपछि कांग्रेसले तोडफोड गरेको हो ।

प्रदेशसभाको सोमबारको बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा कांग्रेस सांसदहरूले नाराबाजी गर्दै तोडफोड गरेका हुन् । मन्त्री केसी प्रस्ताव पेस गर्नका लागि रोष्ट्रममा जाने क्रममा धक्कामुक्की गरेका सांसदहरूले प्रस्ताव पेश गर्ने क्रममा कुर्सीले टेबुल र माइकमा तोडफोड गरेका हुन् ।

'संसदीय मर्यादा पालन गर्' भन्ने नारा लगाउँदै सांसदहरूले बैठककक्षमा तोडफोड गरेका हुन् ।

तोडफोडकैबीच बोलेका नेकपाका प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले सरकारको प्रस्ताव ठीक नभएको र जनभावनाको कदर नभएको बताएका थिए । उनले विशेष समितिले विकल्पसहित दिएको प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्ने माग गरे । सभामुखले दिएको ५ मिनेट सकिएपछि उनको माइक काटिएपछि उनले त्यसको पनि विरोध गर्दै झण्डै १० मिनेट हात उठाएरै विरोध जनाइरहेका थिए ।

नेकपाका विष्णु पन्थीले प्रदेशको स्थायी राजधानी कपिलवस्तु उपयुक्त हुने भन्दै सरकारको प्रस्ताव सच्याउनु पर्ने माग गरे । राष्ट्रिय जनमोर्चाकी तारा जिसीले स्थायी राजधानीको विषमा रूपन्देहीमा देखिएको विरोध टेलर मात्र भएको र संघीयताको देशभरको फिल्म देख्न बाँकी रहेको बताइन् ।

बैठक भाेलि बस्ने गरी स्थगित भएकाे छ ।

प्रकाशित : आश्विन १९, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्

महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठ कोरोनामुक्त

कान्तिपुर संवाददाता

ललितपुर — महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठ २२ दिनपछि कोराना संक्रमणमुक्त भएका छन् । पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि सोमबार उनी संक्रमणमुक्त भएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् आफू कोरोनामुक्त भएको जानकारी दिएका छन् ।

उनकी श्रीमती अन्जिका श्रेष्ठ गएको शुक्रबार १९ औं दिनमा कोरोना संक्रमणमुक्त भएकी थिइन् ।

कोरोना भएपछिको जटिल स्वास्थ्यकाबीच निरन्तर उपचार, निगरानी र हेरचाह गर्ने डाक्टरहरुलाई मेयर श्रेष्ठले धन्यवाद दिएका छन् ।

उनलाई भर्दौ २९ गते कोरोना पुष्टि भएको थियो ।

प्रकाशित : आश्विन १९, २०७७ १५:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×