कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

द्वारिकाज होटलमा इन्द्रजात्रा

आश्विन ३, २०८१
द्वारिकाज होटलमा इन्द्रजात्रा

काठमाडौँ — वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी मनाइने इन्द्रजात्रा काठमाडौंको बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा पनि मनाइएको छ । 

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व द्वारिकाजले विगत १३ वर्षदेखि निरन्तर रुपमा मनाउँदै आएको छ । ‘नेपालमा इन्द्रजात्रालाई अतिथिहरुमाझ १३ वर्षदेखि हामी देखाउँदै आइरहेका छौं,’ द्वारिकाजका फाइनान्स प्रमुख गोपल मल्लले भने,‘नेपालमा इन्द्रजात्रा र विभिन्न नाचलाई विदेशीसामु देखाउनेमा द्धारिका होटलमात्रै हो ।’ उनका अनुसार यसपटक २ सय ७० भन्दा बढी अतिथिहरु उपस्थित थिए ।

ललितपुरको कल्चर थिएटरका निर्देशक राजु मर्हजनका अनुसार ३४ जना कलाकारले होटल परिसरमा भैरव नाच, आरती, मञ्जुश्री नाच, ब्रजयोगिनी नाच, भैरव नाच, ख्याक, लाखे, पुलुकिसी, झ्यालिञ्चा, नेवारी ज्यापु–ज्यापुनी नाचलगायतका प्रस्तुति देखाएका थिए । त्यहाँ इन्द्रजात्रा समापनको क्रममा लाखेले प्रसादका रुपमा समयबजी वितरण गर्दै जात्रालाई जिवन्त बनाएका थिए ।


भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । यो पर्व विशेषत: काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेको धुलिखेल, दोलखालगायत स्थानमा भव्य रुपमा मनाइने चलन छ ।

प्रकाशित : आश्विन ३, २०८१ २२:१२
×