कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

पत्रकारितासहित तीन विधामा ९ लाख राशीको पुरस्कार घोषणा

पत्रकारितासहित तीन विधामा ९ लाख राशीको पुरस्कार घोषणा

काठमाडौँ — ज्यानू–वसन्तराज मिश्र फाउण्डेशनले समाजका विभिन्न क्षेत्रमा सकारात्मक योगदान गर्ने व्यक्तिहरूलाई विभिन्न तीन विद्यामा पुरस्कृत गर्ने भएको छ । फाउण्डेशनले शुक्रबार पत्रकार सम्मेलन गर्दै पत्रकारितासहित तीन विधामा ९ लाख रुपैयाँ राशीको पुरस्कार राशी घोषणा गरेको हो ।

फाउण्डेशनले हरेक वर्ष वातावरण संरक्षण पुरस्कार, दुर्गादेवी मिश्र शिक्षा पुरस्कार र ज्यानू–वसन्तराज मिश्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । जनही ३ लाखको सो पुरस्कार यही भदौ १३ गते प्रदान गरिने आयोजकले जनाएको छ ।

फाउण्डेशनका अध्यक्ष वरिष्ठ पर्यटन व्यवसायी वसन्तराज मिश्रले समाजका विभिन्न क्षेत्रमा सकारात्मक योगदान दिने व्यक्ति तथा संस्थाहरूलाई प्रत्येक वर्ष तीन क्षेत्रमा पुरस्कार प्रदान गरिने बताए। फाउण्डेशनले सामाजिक कार्य, पर्यावरण, शिक्षा, कलासाहित्य, पत्रकारिता तथा अन्य क्षेत्रमा अनुसन्धान र विकास कार्य गर्ने र त्यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थालाई सहयोग गर्ने उद्देश्य लिएको उनले बताए ।

मिश्रले सञ्चालन गरेको टेम्पलम टाइगर ग्रुप अफ कम्पनीले कर्पोरेट सामाजिक दायित्वअन्तर्गत सामाजिक सेवा गर्दै आइरहेको छ । विसं २०७८ मङ्सिर २४ गते स्थापना भएको फाउण्डेशनको संस्थापक अध्यक्षक्ष वसन्तराज मिश्र र संस्थापक ज्यानू मिश्र रहेका छन् । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ विशेष सल्लाहकार रहेका छन् ।

संस्थाका ट्रष्टिजमा मनदेवी भण्डारी, क्याप्टेन रामेश्वर थापा, आर्टिटेक्ट अरुण पन्त, पत्रकार प्रतीक प्रधान, डा मधु आचार्य, पियुष मिश्र, ब्रजेश मिश्र तथा रिता जे प्रधान रहेका छन्। संस्थाको सचिव भने राजेन्द्रकुमार महर्जन छन् ।

प्रकाशित : भाद्र ७, २०८१ १९:२८
x
×