कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

आयुर्वेद उपचार सेवा प्रभावकारी बनाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

भाद्र २१, २०८१
आयुर्वेद उपचार सेवा प्रभावकारी बनाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आयुर्वेद उपचारमा आकर्षण घटिरहेको भन्दै सेवा प्रभावकारी बनाउन एक हप्ताभित्र प्रष्ट योजनाका साथ उपस्थित हुन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा शुक्रबार भएको आयुर्वेद सम्बद्ध अधिकारीहरुसँगको छलफलमा मन्त्री पौडेलले तत्काल स्रोत थप्न सकिने अवस्था नरहेको भन्दै मौजुदा अवस्थामै सुधार गर्न सकिने योजनाका साथ आउन आग्रह गरे ।

‘सेवा सुधारका लागि आवश्यक नीतिगत व्यवस्था गर्न हामी तयार छौं,’ उनले भने, ‘एक हप्ताभित्र प्रष्ट योजना लिएर आउनुहोला । द्रुत गतिमा सुधार ल्याउने गरी काम गरौं । म साथ दिन तयार छु ।’ उनले स्रोतको मितव्ययी सदुपयोग गर्नका लागि समेत आग्रह गरे ।

मन्त्री पौडेलले आयुर्वेद उपचारले सान्दर्भिकता गुमाएको जस्तो देखिने भन्दै सुधार गर्न नसकिए पद ओगटेर बस्न नहुने बताए । ‘सकेसम्म सुधार गरौं,’ उनले भने, ‘तर डुबाउने गरी (पदमा) नबसौं ।’

प्रकाशित : भाद्र २१, २०८१ १७:२०
×