कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

११ महिनामा ६ अर्ब ६८ कराेड रुपैयाँको तयारी पोशाक निर्यात

११ महिनामा ६ अर्ब ६८ कराेड रुपैयाँको तयारी पोशाक निर्यात

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ६ अर्ब ६८ करोड  ३३ लाख रुपैयाँ बराबरको तयारी पोशाक निर्यात भएको छ । गत आर्थिक वर्षको साउनदेखि जेठसम्मको तुलनामा यस वर्ष १५.३ प्रतिशतले रेडिमेड गार्मेन्ट निर्यात बढेकाे व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्ष १ कराेड १२ लाख ७७ हजार ८९ थान तयारी पाेशाक  निर्यात भएकाे छ ।

गत आर्थिक वर्ष साउनदेखि जेठसम्म ५ अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बराबरको १ कराेड ८२ लाख ३८ हजार ८३२ थान तयारी पाेशाक निर्यात भएकाे थियाे । गत आर्थिक वर्षभर ६ अर्ब ४९ करोड २ लाख रुपैयाँ बराबरको १ कराेड ९४ लाख १२ हजार ९१३ थान तयारी पाेशाक निर्यात भएकाे केन्द्रले जनाएकाे छ । तयारी पाेशाक चीन, भारत, जापानलगायत विभिन्न मुलुकमा निर्यात भएकाे हाे ।

आर्थिक वर्ष २०७७/७८ मा ५ अर्ब ३१ कराेड ९१ लाख ७६ हजार रुपैयाँ बराबरकाे १ कराेड १८ लाख ६३ हजार ५२७ थान तयारी पाेशाक निर्यात भएकाे केन्द्रकाे तथ्याकं छ । आर्थिक वर्ष ०७५/०७६ मा ६ अर्ब ३४ करोड ३१ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ६२ हजार ६२७ थान तयारी पाेशाक निर्यात भएको थियो ।

प्रकाशित : असार २८, २०८० १९:२८
x
×