राइड हेलिङ प्लाटफर्मले चालकलाई सवारी सीप मात्रै होइन, लैंगिक संवेदनशीलता, यात्रु अधिकार र विवाद व्यवस्थापनको तालिम अनिवार्य दिनुपर्छ । यात्रुमाथि उजुरी परेपछि के कारबाही भयो ? त्यो यात्रुले थाहा पाउनुपर्छ ।
अविवाहित महिला समाजको खतरा होइन । खतरा त त्यो समाज हो, जसले महिलाको मूल्य उसको गर्भाशयबाट मात्रै नाप्छ । खतरा त्यो मानसिकता हो, जसले महिलालाई मान्छे होइन, पाल्नुपर्ने वस्तु ठान्छ । खतरा त्यो सोच हो, जसले २१ औं शताब्दीमा पनि महिलाको सबैभन्दा ठूलो उपलब्धि ‘विवाह गर्नु’ लाई मान्छ ।
नार्सिसिस्टहरू सधैं आफ्नो प्रशंसा मात्रै चाहन्छन् । तिनको इच्छा हुन्छ– सबैले उनीहरूको गुणगान गाइरहुन्, आफ्नो पछि–पछि लागिरहुन् । यदि ‘अटेन्सन’ पाएनन् भने रिसले चुर–चुर हुन्छन्, ती आफ्नो आलोचना सहनै सक्दैनन् । जत्तिसुकै गलत होऊन्, ‘आफ्ना लागि’ सधैं सही हुन्छन् ।
जेनजी र हाम्रो बालापन फरक रह्यो, भाषा पनि फरक हुँदै छ । जेनजीलाई स्वस्थानी कथाको बालै छैन । पुष्पाञ्जली हातमा लिएर माघका सााझहरूमा कथा सुन्ने दिन अब पुराना भए । अहिले बा–आमा एक्लै स्वस्थानी पढ्छन्, आफैं सुन्छन् । के जेनजीले स्वस्थानी सुन्नु जरुरी छ ?
सुनसान जंगलमा घण्टौंसम्म मौन एक सैनिक किन मेरो साथ हिँडे ? हरेकपल्ट मैले एक्लै पाइला चाल्दै जाँदा बाटो किन बन्दै जान्छ ? समय हरपल भनिरहन्छ, ‘तँ पाइला चाल्, म लड्न दिन्नँ ।’