शिक्षा रिसाल

शिक्षा रिसालका लेखहरु :

मलाई फकिर रहन देऊ

लिलन एक्सप्रेसको ‘५४ सी’ सिट नम्बरको झ्यालबाट बाहिर हेरिरहेकी छु म । झ्यालको सिसा फोहोर छ । पर कतै क्षितिजमा सूर्यास्त हुँदै छ । मेरा आँखाले भ्याउनेसम्म विन्डमिलका टावर, बिजुलीका खम्बा मात्रै देखिन्छन् । कतिकति बेला स–साना झुपडी देखिन्छन् । अनि फेरि स–साना बस्ती आउँछन् । जयपुरबाट चलेको लिलन एक्सप्रेसको आफ्नै रफ्तार छ ।

मेरो प्रत्येक पाइला प्रार्थना 

हामी अहिले भारतको उत्तराखण्डमा छौं । हामी जहाँ छौं, यस ठाउँ वरपर देखिने मान्छेका अनुहार हामीले आजभन्दा अघि कहिल्यै देखेका थिएनौं । यो ठाउँको नाम देवप्रयाग संगम हो । हामी उभिएको धरातलको दायाँबाट भागीरथी नदी व्यग्र हुँदै भाग्दै, दौडिँदै महासागरमा समाहित भइरहेकी छन् । उनको वेग देख्दा लाग्छ— उनी सदियौंदेखि संगम भेटाउन आतुर छिन् । बायाँबाट अलकनन्दा बगिरहेकी छन् । शान्त, सौम्य र गम्भीर । आफ्नै लय र गतिमा ।

दमनको इख

मैले घरमा दुई हप्ताअघि ‘बम’ खसालें । त्यो बमले आमा, भाइ र दिदीको मथिंगल हल्लियो । मैले आमासामु उभिएर भनें, ‘पैत्रिक सम्पत्ति तपाईं र भाइको नाममा मात्रै छ । दिदीलाई चाहिँदैन रे ! मेरो नाम कहिले चढाउनुहुन्छ ?’

कर्मचारीको मानसिक स्वास्थ्यको सवाल

कुनै व्यक्तिले आफ्नो जीवनकालको एकतिहाइ समय कार्यस्थलमा बिताउँछ, चाहे त्यो काम उसको रुचिको होस् या मात्रै आम्दानीको स्रोत । मनोविज्ञान भन्छ— व्यक्तिले जहाँ धेरै समय बिताउँछ, त्यो स्थान र वातावरण एवं त्यहाँका सहकर्मीहरूको व्यवहारले उसको मानसिक स्वास्थ्यमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । विश्व जनसंख्याको ६० प्रतिशत सक्रिय रूपमा रोजगारीमा छ ।

महाकविज्यू, पैसा हातको मैला होइन रहेछ !

हुन त महाकवि लक्ष्मीप्रसाद देवकोटाले उहिल्यै पैसाको अस्तित्वलाई ठाडै अस्विकार गर्दै ‘हातको मैला’ सँग तुलना गरेका हुन् । तर, देवकोटालाई के थाहा– पुँजीवादी संसारले हातको मैलालाई यसरी पुज्नेछ भन्ने ! देवकोटाले ‘के नेपाल सानो छ ?’ भनि सोध्दा ‘पक्कै छैन’ भनेर दंग परियो, तर यो पैसाको विषयमा खासै सहमत हुन सकिएन । प्रिय देवकोटा, मलाई माफ गर्नुस् !

कस्सम, मलाई मेरै माया लाग्छ !

प्रत्येकको जीवनमा एकपटक यस्तो समय आउँछ, जहाँ आफूले आफैंलाई रोज्नुपर्ने हुन्छ । परिवार, साथीभाइ, काम, वातावरण, कुनै विषय पनि त्यति महत्त्वपूर्ण हुँदैनन्, जति आफ्नो मनको शान्ति हुन्छ । त्यस्तो बेला आफैंलाई प्राथमिकतामा राख्नुपर्छ अनि केलाउनुपर्छ– तपाईंलाई के कुराले सताइरहेको छ ? के कुराले खुसी बनाउँछ ?

साढे सात मोनोलग

हातमा तेलको डब्बा लिएर शनिदेवको मन्दिरअघि आधा घण्टा मात्रै उभिँदा पनि म कालीमाता भइसकेकी थिएँ ।

किनकि जीवन सुन्दर छ

मलाई जीवनमा धेरै मामिलाले बिथोलिरहन्छन् । अक्सर एउटा प्रश्नले लखेटिरहन्छ- जीवनको कुन चरणमा पुगेपछि मानिसले त्यही जीवन सिध्याउँछ होला ? शरीरले सास छाड्नुअघि उसले ठ्याक्कै के सोचेको हुन्छ होला ? त्यतिबेला आँखाले देख्ने दृश्य कस्ता हुन्छन् होला ? अँध्यारो हुन्छ होला कि उज्यालो प्रकाश ?

हे पापिनी !

माघे संक्रान्तिमा बाँकी भएका तिल, लड्डु, चाकु अनि कहिलेकाहीँ सुन्तला र बदाम ! घरमा यस्तै हुन्थे– श्रीस्वस्थानीका प्रसाद । प्रसादको लोभले पनि हात जोडेर स्वस्थानीको कथा सुन्न बस्थ्यौं । बहाना स्वस्थानी भए पनि सबैको ध्यान प्रसादमै हुन्थ्यो । हाम्रो पुस्ताका लागि ‘स्वस्थानी’ एउटा ‘नोस्टाल्जिया’ हो ।