विगतमा स्थानीय तहको सीमांकन र नामांकनमा समस्या थियो/छ । अब सही सीमांकन–नामांकनको ढोका खुलेको छ । तर पहिचान, भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, जातिगत बाहुल्यता, भाषिक, सुगमतालगायत आधारको वस्तुगत अध्ययन हुनुपर्छ ।
स्थानीय सरकारले रैथाने उत्पादनलाई प्रोत्साहन गर्न सक्नुपर्छ, रैथाने उत्पादन बच्नु भनेको हाम्रो उत्पादन प्रणाली र कृषि बलियो हुनु हो, उत्पादन प्रणाली, कृषिजस्ता महत्त्वपूर्ण पक्षहरूमा रैथानेकरण गरियो भने मान्छेलाई गाउँमै थेग्न सकिन्छ ।
स्थानीय सरकारले रैथाने उत्पादनलाई प्रोत्साहन गर्न सक्नुपर्छ । रैथाने उत्पादन बच्नु भनेको हाम्रो उत्पादन प्रणाली र कृषि बलियो हुनु हो । उत्पादन प्रणाली, कृषि जस्ता महत्वपूर्ण पक्षहरुमा रैथानेकरण गरियो भने, मान्छेलाइ गाउँमै थेग्न सकिन्छ ।
राज्यले यसलाई बहसको विषयसमेत बनाउन चाहँदैनन् । बहस गर्ने मुख्य थलो संसद् हो । संसद्मा सत्ता बचाउने र ढलाउनेभन्दा अरू मुद्दाले स्थान पाउँदैन । स्थानीय सरकारको आजसम्मको मुख्य उपलब्धि भनेको पार्टीका कार्यकर्तालाई जागिरका नाममा अस्थायी कर्मचारीका रूपमा भर्ती गर्नुभन्दा अर्को छैन ।
एकल धर्म र जातिका मानिसले मात्रै राज्यको संरक्षणमा पर्व मनाउने ठाउँमा जनजातिले पनि स्थान छनोट गर्नु स्वागतयोग्य थियो । तर टुँडिखेलको मञ्च कर्मकाण्डी हिसाबले बिरालो बाँध्ने ठाउँका रूपमा विकास भयो ।