प्राविधिक शिक्षा र व्यावसायिक तालिम देशको आर्थिक रूपान्तरणको मेरुदण्ड हो । युवालाई सीपयुक्त बनाएर उत्पादनशील क्षेत्रमा संलग्न गराउनु राष्ट्रको दिगो विकासको आधार हो ।
जेन–जी औपचारिक र लामो प्रक्रिया होइन, संक्षिप्त–रचनात्मक–प्रयोगात्मक सिकाइ मन पराउँछ । त्यसैले परिवर्तित प्रविधि र समयअनुरूप पाठ्यक्रम अद्यावधिक गर्नु आवश्यक छ ।
मुलुकमा राष्ट्रिय योग्यता प्रारुपसम्बन्धी कानुन निर्माणमा ढिलाइ हुँदा बहुआयामिक मूल्यांकन, क्रेडिट ट्रान्सफर, स्तरगत उन्नति र श्रम बजारका लागि आवश्यक दक्षता विकासमा बाधा पुगेको छ
विद्यालय शिक्षा विधेयकसँगै प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी विधेयकलाई प्रक्रियामा लैजान सीटीईभीटी ऐनको संशोधन र एकीकरण जरुरी छ
जीपीएका आधारमा भर्ना गर्दा ग्रामीण, आर्थिक रूपमा कमजोर र सीमित शैक्षिक पहुँच भएका विद्यार्थीले पनि सहजै प्राविधिक शिक्षामा पहुँच पाउन सम्भव हुनेछ । प्रवेश परीक्षाको झन्झट हट्दा प्राविधिक शिक्षामा समावेशिता बढ्ने र सबै क्षेत्रका विद्यार्थीलाई समान अवसर प्राप्त हुनेछ ।