शीतलहरले वृद्धवृद्धा, सडक बालबालिका, विस्थापित परिवार, घरवारविहीन र सडक मजदुर बढी प्रभावित छन्।
तिखो आवाजले फिर्ता हुन नसक्ने गरी कानको भित्री नसा कमजोर हुन सक्छ भने पड्काइले कानको जाली फुटन सक्छ, जुन आफैं वा शल्यक्रियाद्वारा ठीक हुन्छ । यसले कान कराउने समस्या स्थायी वा अस्थायी रूपमा देखिन सक्छ । ५० डेसिवलभन्दा बढी आवाज कान तथा स्वास्थ्यका लागि हानिकारक हुन्छ भने १२५ डेसिवल बढीले कानको पर्दालाई नोक्सान पार्छ र तथा श्रवणशक्ति गुम्न सक्छ ।
हैजा नियन्त्रणका लागि रोगीको मलमूत्रलाई पानीको मुहान नजिक वा जथाभावी नफाली खाल्डोभित्र पुर्नुपर्दछ । विशेष गरेर संक्रमण फैलिएका स्थानमा भाँडाकुँडा उपयोग अघि उमालेको पानीले सफा गर्नुपर्छ । लुगाफाटा पनि उमालेको पानीले पखाल्नुपर्छ ।
जलवायु परिवर्तनका कारण संसारका विभिन्न क्षेत्रमा प्रत्येक वर्ष २१ फिट माथि डेंगी गराउने लामखुट्टे सर्दैछ।न्युनतम तापक्रम १ डिग्री मात्रै बढ्दा पनि २७ प्रतिशत रोग बढ्छ। तापक्रम बढ्दा वृद्धि विकास चाँडो, थप संक्रामक, जीवनचक्र छिटो हुने र लामो समय बाँच्ने मौका लामखुट्टेलाई मिलेको छ।
यो खोपले बाँझोपना गराउने, परीक्षणका लागि ल्याइएको, स्वीकृति नभएको जस्ता अनेकन भ्रम फैलाइएका छन्, जुन मिथ्या हुन् ।