मोहन मैनाली

मोहन मैनालीका लेखहरु :

विज्ञान विचार : सही विचार

घरबाहिर निस्कन पाउँदैनस् भनेर सरकारले नभनेको भए डुल्ने रहर त्यति औधी लाग्दैनथ्यो होला । तर, यसपालि कोरोनाको डरले घरभित्र लुक्नुपरेका बेला घरबाहिर निस्कौँ, निस्कौँ लाग्यो । एउटा उपाय निस्कियो– कुर्सीमा बसेर नेपाल घुम्ने । घुम्ने तलतल मेटाउन मलाई मन पर्ने लेखक डा. तीर्थबहादुर श्रेष्ठको पुस्तक पल्टाएँ– नेपाल : नखुलेका पाटाहरू (विचार–विज्ञान लेख संग्रह) । 

अक्षरमा देखिएको कर्णाली

आराध्य चन्द्रमामा मानिसले टेके भन्ने खबर फैलिएका बेला भूगोलविद् ब्यारी सी. बिसप साविकको कर्णाली अञ्चलमा थिए । त्यहाँका मानिसले उनलाई यस बारेमा सोधेछन् । ब्यारीले भनेको एउटा कुरामा उनीहरूले खास चासो राखेछन्— जुम्लाका मानिसले ४५० पटक जति काठमाडौँ ओहोरदोहोर गर्न र पृथ्वीबाट चन्द्रमा पुग्न उति नै दूरी पार गर्नुपर्छ ।

हाँस, रोएर केही हुँदैन

नेपालमा कोरोना वेगले फैलँदै जाँदा पनि लकडाउन चाँडै खुल्ला र झन्डै तीन महिनाको गुप्तबासपछि बाहिर निस्कन पाउँला भन्ने आशा जागेको छ । तर, अहिले बाहिर निस्कने बानी छुटेको छ । त्यसैले अब बाहिर निस्कँदा के कसो गर्नुपर्ला, के कसो गरौँला भनेर कल्पना गर्छु ।

कोरोनासँग जुध्‍न खोज्दा भ्रष्टाचारका फेला !

कोरोना भाइरससँग लड्न चीनमा किनेर ल्याएका हतियार काम लागेनछन् । ती हतियार जसले किनेको थियो उसैले सकारेपछि हामीले पनि मान्नैपर्‍यो । कोरोना भाइरससँग लड्न हतियार ल्याउने प्रक्रियामा अर्को भाइरस लागेकाले ती हतियार काम नलाग्ने भएका रहेछन् । त्यो भाइरसको नाम हो- भ्रष्टाचार । 

जसले देश धानेको छ उही देश आउन नपाउने !

एक महिना पहिले सुर्खेतमा आयोजित कर्णाली महोत्सवमा भएका छलफलमध्ये एउटाको शीर्षक थियोः कालापहाडका तोडा । कालापहाड भन्नाले भारत र तोडा भनेको रुपियाँ पैसा राख्ने थैली । त्यस छलफलमा कालापहाडमा काम गरेर नेपालीले ल्याउने रुपियाँ पैसा कति महत्त्वपूर्ण छ भन्ने झल्काएको थियो ।

नियात्रा : जाने होइन हजुर काबुल ?

जाने होइन दाइ आलापोट ?सर्जक मंजुलले लेखेको यो नामको यात्रा संस्मरणको किताब मैले २०४७ साल भदौमा छापेको थिएँ । आलापोट अर्का स्रष्टा आभाषको काठमाडौँ उपत्यकाको उत्तरी भेगमा पर्ने गाउँ हो ।

हल्लाको महामारी

‘अप्रिल फुल’ अर्थात् अरूलाई ढाँटेर आनन्द लिने कामका लागि छुट्याइएको दिन आउन अझै १० दिन बाँकी छ । त्यस दिन हामी आफूलाई कसैले ढाँट्ने पो हुन् कि भनेर सतर्क हुन्छौं । अप्रिल फुलका दिन मानिसलाई ढाँट्न नसकिएला भन्ने ठानेर ढाँटहरूले हामीलाई अरू दिन ढाँटिरहेका छन् । हल्ला र त्यसमार्फत आतंक फैलाइरहेका छन् ।

मगमगाउँदो सायरी

‘जिन्दगीका ७४ वसन्त र ७४ पतझड कहिले आए, कहिले गए थाहै पाइएन । जिन्दगीसँग कुनै गुनासो पनि छैन किनभने यसले मलाई जहाँ दुःख दियो, त्यहीँ दुःखको ओखती पनि दियो । उदासी दियो त खुसी पनि दियो । आँसु दियो त मुस्कुराउने कला पनि दियो । काँडाको बिस्तरा दियो त त्यही काँडाको बिस्तरामा निद्रा पनि दियो । ‘सबैभन्दा ठूलो कुरा, सबैभन्दा ठूलो उपहार त जिन्दगीले मलाई सायरी दियो । शब्दसँग शब्द जोड्ने सीप दियो ।’

क्रूर प्रथा अन्त्य गर्ने प्रधानमन्त्री

उहिले–उहिले होइन हिजोअस्ति अर्थात् एक सय वर्ष अघिसम्म, एकादेशमा पनि होइन हाम्रै देशमा, पति मरेपछि पत्नीलाई उनका पतिको लाशसँगै जिउँदै जलाउने गरिन्थ्यो । यसरी जल्नुलाई सती जानु भनिन्थ्यो ।

हिउँ–चिहानको अभिलाषा !

२०७१ मंसिर ५ घुन्सा, ताप्लेजुङहिजो राति यहाँको तापक्रम माइनस २ डिग्री सेल्सियस थियो । छाया परेको कुलोमा पानीको माथिल्लो पत्र बिहानसम्म पनि जमेको थियो । यस्तो जाडोमा बिहानैका कलिला घाम ताप्न म हिमाली चुङ्दाको होटलको चउरमा निस्किएँ ।