दुवैतिर अग्ला डाँडा र हिमालले छेकेको, अलिकति दक्षिण छड्के परेर पूर्वपश्चिम फैलिएको यस उपत्यकाले आँखालाई मात्र होइन, मनलाई पनि शान्ति दिन्छ ।
जंगबहादुरले अंग्रेजलाई फकाएर राप्ती–कालीको मधेश लिएका थिए । अघि अंग्रेजले र पछि भारतले टनकपुरको महाकाली पूर्वको जग्गा लिँदा नेपाललाई राम्रैसँग चेपुवामा पारेको थियो ।
पहाडमा मान्छेको चाप बढेको थियो । तर, मधेशमा चाहिने जति मान्छे थिएनन् । जतिबेला पहाडका मान्छे खान नपाएर मुग्लान पसिरहेका थिए, त्यति नै बेला मधेशमा भने मान्छे नपाएर मुग्लानबाट ल्याउनुपर्थ्यो ।
यो किताब भावुकताले भरिएको यात्रा संस्मरण होइन, विश्वलाई सताइरहेका जलवायु परिवर्तनजस्ता समस्यामाथिको स्थलगत अध्ययन हो
२८० वर्षमा अहिले ‘नेपाल’ भनेर चिनिने भू–भागका सिमाना धेरै पटक फेरिए । आज पूर्वमा मेचीदेखि पश्चिममा महाकाली अनि उत्तरमा भित्री हिमालदेखि दक्षिणमा जंगे पिलरका बीचमा बस्ने हाम्रा पुर्खा २८० वर्षपहिले ५३ वटा देशमा बस्थे ।