त्यतिखेरसम्म प्रधानन्यायाधीश राउतलाई अदालतमा आगजनी हुन सक्छ ? तोडफोड हुन सक्छ ? त्यहाँ अरु किसिमको विपद् मच्चाइन्छ भन्ने कल्पना नै थिएन । ३ बजेतिर अदालतका सुरक्षार्मीहरुले श्रीमान् अब अलिकति सुरक्षित हुनुपर्छ कि भनेर सुनाएपछि उनी चिन्तित भए ।
आश्विन १५, २०८२
जेन–जी आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले प्रधानमन्त्री सुशीला कार्कीले पीडाको यस अवस्थामा टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाइदिने उनको सचिवालयले स्पष्ट गरेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जना र १३ हजार ३२६ यात्रुवाहक सवारी साधन काठमाडौं उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो ।
मन्त्री घिसिङले भने : चाडपर्वमा काठमाडौं आवतजावत गर्ने यात्रुहरूलाई सास्ती नहोस्
नेपालसहित विश्वका विभिन्न भागमा जेन-जीलगायत युवाहरू बेथितिविरुद्ध सडकमा ओर्लिरहेको सन्दर्भमा लद्दाखमा भएको चाहिँ के हो ?
ताप्लेजुङमा भेडा चराउँदै खर्क दौडनेलाई कात्तिकमा दसैं परे मात्र दसैं आएजस्तो हुन्छ । त्यसबेला घर नजिकका खेतीबाली उठाइएको हुन्छ । असोजको दसैं चुनौतीपूर्ण बन्छ ।
स्टोरको कागजात, लेखा फाँटका फाइल, पुस्तकालय, सरकारी र निजी गाडी आगोको लप्काले निलिसकेको थियो । सभा हलमा आगो लगाउनुअघि केही प्रदर्शनकारीले सभामुखको कुर्सीमा बसेर फोटो सेसन गरेका थिए ।
दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले नवकन्याको पूजा प्रत्येक वर्ष गर्ने प्रचलन रहेको छ ।
बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी गराएको छ ।
भारत विहारको सीतामढीमा रहेको ढेंग रेल स्टेसनले सीमावर्ती क्षेत्रका मानिसहरूको शिक्षा, रोजगारी, व्यापार तथा नाता सम्बन्धसँगको पहुँचमा ठूलो योगदान पुर्याएको छ ।
महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज लाखौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्दछन्।
नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्ने गरेको छ।
आश्विन १४, २०८२
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार राति ८:३० बजेदेखि यातायात सञ्चालनमा आएको हो ।
घटस्थापनादेखि आजसम्मका आठदिनमा दसैं मनाउन पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । पछिल्लो २४ घण्टामा भने ८५ हजार २८४ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।
कार्यक्रममा दुवै देशका क्रिएटर, इन्फ्लुएन्सर र स्टोरीटेलर सहभागी भई सांस्कृतिक आदानप्रदान, सहकार्य र यस क्षेत्रको भ्लगिङ तथा डिजिटल मिडियाको भविष्यबारे छलफल गरेका थिए ।
साँझ साढे ७ बजेतिर सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
मुख्य बजार, चोक, संवेदनशिल क्षेत्र, मठमन्दिर, बैंक तथा वित्तीय सस्थाको सुरक्षाका लागि बेग्लै टोली र कुनै पनि घटनाको जानकारी प्राप्त भएको १० मिनेटमा प्रहरी पुग्ने गरी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
श्रेष्ठले पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका छन् । उनी चर्चित कार्यक्रम 'फायरसाइड'को प्रस्तोता पनि हुन् ।
२६ वर्षीय प्रकाश हुमागाई, सरस्वतीका एक्ला छोरा थिए । जो, १२ असोज २०८१ मा सधैंका लागि अस्ताए । भित्तेपात्रोमा असोज १२ गतेलाई हेरेर सरस्वती भन्छिन्, ‘जीवनकै कालो दिन, कसरी भुल्नु त्यो समय, त्यो पल ।’
जाँचबुझ समितिको नेतृत्व लिनुअघि समाजिक सञ्जालमा सार्वजनिक गरेको धारणालाई लिएर प्रश्न उठाइएको हो ।
बोगटी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट सरुवा भई ललितपुर आएका हुन्।
बोगटी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट सरुवा भई ललितपुर आएका हुन्।
चीनले पार्किङ र मालवाहक रुट प्रोटोकलजस्ता कारण देखाएर केही दिनयता थोरै कन्टेनर छाड्न थालेपछि व्यवसायीले दुखेसो गरेका छन् ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
संविधानतः संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय अपरिहार्य छ, यतिबेला प्रतिनिधिसभा र त्यसले गठन गरेको संघीय सरकार विघटन भएको छ, जेन–जीको रोजाइमा प्रधानमन्त्री बनेकी छिन् सुशीला कार्की, कार्की नेतृत्वको सरकारले प्रदेश र संघ सरकारबीचको सम्बन्ध कसरी कायम राख्ला ? अर्थात् प्रदेशसँगको सम्बन्ध र सहकार्य कस्तो होला ?
आश्विन १३, २०८२
फूलपातीका दिन गोरखा दरबारमा रवानबाट पश्चिम क्षेत्रमा देखिने डाँडामा आधा घाम तल र आधा घाममाथि देखिने समयमा फूलपाती भित्र्याउने चलन छ ।
कारागारमा रहेका कैदीबन्दीमध्ये एक हजार २८० कैदीबन्दी फरार रहेकामा हालसम्म ५८७ जना फर्किसकेका छन् । फरारमध्ये करिब ५० जना देशभरका अन्य कारागारमा रहेको जानकारी प्राप्त भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाबाट १८ हजार ६१३ सवारीसाधन बाहिरिएका छन् भने १३ हजार ९२९ सवारीसाधन र ६१ हजार ८२२ यात्रु काठमाडौँ भित्रिएको ट्राफिक प्रहरीले जनाएको छ ।
वर्षाका कारण गत असार १६ गतेदेखि बन्द गरिएको चितवन राष्ट्रिय निकुञ्ज भित्रको जिप सफारी सोमबारदेखि पुनः खुलाइएको हो ।
दसैंका लागि कर्णालीबाट बाहिरिनेहरूले मार्सी चामल, फापर, कोदो, कागुनो, चिनोलगायत उत्पादन लैजाने गरेका छन् । तर सबैभन्दा धेरै स्याउ, ओखर र सिमीको माग उच्च छ ।