साँझ साढे ७ बजेतिर सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
काठमाडौँ — तुइनखोला नजिक फेरि पहिरो गएको छ । आज साँझ साढे ७ बजेतिर सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो गएको स्थानको सडक खुलाउन सडक विभागको टोली मेसिनसहित गएको छ ।
