खुल्यो नारायणगढ-मुग्लिन सडक 

नारायणगढ-मुग्लिन सडकमा राति पीने ११ बजेबाट दोहरै गाडी चल्न सुरू भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिएका छन् ।

आश्विन ९, २०८२

रमेशकुमार पौडेल

Narayangadh-Muglin road opened

काठमाडौँ — नारयणगढ-मुग्लिन सडकस्थित तुइन खोला नजिकै झरेको पहिरो पन्छाएसँगै बिहीबार रातिबाट सवारी आवागमन सञ्चालन भएको छ । सडक डिभिजन भरतपुरका अनुसार मंगलबार दिउँसो पहिरो खसेसँगै यातायात आवागमन ठप्प बनेको थियो । 

नारायणगढ-मुग्लिन सडकमा राति पीने ११ बजेबाट दोहरै गाडी चल्न सुरू भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिएका छन् ।

दसैंको मुखमा पहिरो खसेर सवारी आवागमन बन्द हुँदा पूर्व-पश्चिम हिँडेका यात्रु बिच सडकमै अलपत्र परेका थिए । दैनिक उपभोग्य वस्तु बोकेका मालबहाक सवारी साधन चितवनका विभिन्न स्थानमा रोकिएका छन् । अहिले रोकिएका सवारी साधनलाई गन्तव्यमा पठाउन थालिएको प्रहरीले जनाएको छ ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully