१६ घण्टापछि जवाङ खोला नजिकै खसेको पहिरो पन्छाइयो, दुईतर्फी सडक सञ्चालनमा

मंगलबार दिउँसो ३ बजे पहिरो पन्छाइ भ्याएर दईतर्फी नै सवारी सञ्चालनमा ल्याइएको उनले बताए ।

आश्विन ७, २०८२

कान्तिपुर संवाददाता

After 16 hours, the landslide near the Jawang River was removed, and the two-way road was operational

काठमाडौँ — धादिङको जवाङखोला नजिकै सुख्खा पहिरो खसेपछि सवारी आवागमन ठप्प बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

मलेखु–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बन्द भएको राजमार्ग १६ घण्टापछि सञ्चालनमा आएको हो ।

मंगलबार दिउँसो ३ बजे पहिरो पन्छाइ भ्याएर दईतर्फी नै सवारी सञ्चालनमा ल्याइएको उनले बताए । 

सोमबार राति ११ बजे पहिरो खसेसँगै सवारी आवागमन अवरुद्ध भएको थियो । राति ढुंगा खसेर लाग्ने जोखिमले गर्दा पन्छाउन नसकेर बिहानदेखि मात्रै पहिरो पन्छाउन सुरु गरिएको थियो । 

कान्तिपुर

Link copied successfully