ललितपुर प्रहरी परिसर प्रमुखमा एसएसपी बोगटी

बोगटी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट सरुवा भई ललितपुर आएका हुन्।

आश्विन १४, २०८२

कान्तिपुर संवाददाता

SSP Bogti in charge of Lalitpur police complex

काठमाडौँ — प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटी ललितपुर जिल्ला प्रहरी परिसरको प्रमुखको जिम्मेवारी सम्हाल्न आएका छन्।

प्रहरी प्रधान कार्यालयको आइतबारको पत्रअनुसार बोगटी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट सरुवा भई ललितपुर आएका हुन्। नियुक्तिपछि एसएसपी बोगटीले जिल्लाको शान्ति–सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा प्रभावकारी कदम चाल्न नेपाल प्रहरी कटिबद्ध रहने बताए ।

उनको सरुवासँगै जिल्ला प्रहरी परिसरमा आयोजित स्वागत कार्यक्रममा प्रहरी अधिकारीहरूले बोगटीको अनुभवले ललितपुरमा अपराध न्यूनीकरण र सुरक्षामा थप प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully