नारायणगढ–मुग्लिन सडक खण्डकाे तुइनखाेला पुल नजिकैको पहिरो पन्छाइयो, यातायात आवागमन सञ्चालनमा

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार राति ८:३० बजेदेखि यातायात सञ्चालनमा आएको हो ।

आश्विन १४, २०८२

कान्तिपुर संवाददाता

Landslide near Tuinkhaela bridge on Narayangadh-Muglin road section has been removed, traffic movement is in operation

काठमाडौँ — मंगलबार साँझ साढे ७ बजेतिर सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोला नजिकैको पहिरो पन्छाएर यातायात पुन: सञ्चालन आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार राति ८:३० बजेदेखि यातायात सञ्चालनमा आएको हो ।

तुइनखोला पुलनजिकै पहिरो खसेपछि सडक डिभिजन भरतपुरको टोली सडक खुलाउन मेसिनसहित गएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully