मनसुनी वायु सक्रिय रहँदा आज देशभर पानी पर्ने सम्भावना

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आश्विन १४, २०८२

रासस

As Monsoon remains active, rain is likely across the country today

काठमाडौँ — मनसुनी वायु सक्रिय हुँदा आज देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहेको छ।

जसका कारण सबै प्रदेशमा साधारणतया वर्षा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

कोशी , बागमती,  गण्डकी , लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी  भू–भाग तथा तराइका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।  

तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना  छ । कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको  महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, र बागमती र गण्डकी प्रदेशका  केही स्थानहरूमा र बाँकी भू–भागका मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको  छ ।

रासस

Link copied successfully