जेन–जी आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले प्रधानमन्त्री सुशीला कार्कीले पीडाको यस अवस्थामा टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाइदिने उनको सचिवालयले स्पष्ट गरेको छ ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले दसैँका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छन् ।
दसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेन–जी आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा उनले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको छ ।
