दसैं मान्न घरनजिकै भेडीगोठ 

ताप्लेजुङमा भेडा चराउँदै खर्क दौडनेलाई कात्तिकमा दसैं परे मात्र दसैं आएजस्तो हुन्छ । त्यसबेला घर नजिकका खेतीबाली उठाइएको हुन्छ । असोजको दसैं चुनौतीपूर्ण बन्छ ।

आश्विन १५, २०८२

आनन्द गौतम

To celebrate Dasain, lamb near the house

ताप्लेजुङ —  भेडाको बथान डुलाउँदै लेकबेसी गर्ने सिदिङ्वा गाउँपालिका-२ सादेवाका टोपबहादुर बुढाथोकी अहिले सिदिङ्वा धाम पुगेका छन् । दसैंमा मान्यजनबाट टीका ग्रहण गर्न र लगाइदिन उनी भेडासहित घरनजिक आइपुगेका हुन् ।

उनी टीकाका दिन बिहानै घर जान्छन् र परिवारसँग बसेर दसैं मनाउँछन् । गोठ भएको ठाउँबाट घर पुग्न कम्तीमा तीन घण्टा पैदल यात्रा गर्नुपर्छ । उनको गोठमा चार जना छन् । दसैंका बेला आलोपालो गरेर गोठमा बस्छन् उनीहरू ।

To celebrate Dasain, lamb near the houseझन्डै ३ सय भेडा हेर्न टोपबहारदुरलाई साथ दिने हिमलाल खड्का, अनिल राई र रुकमान राई छन् । ‘हिमलाल र म टीकाको बिहानै उठेर घरतिर जान्छौं, राई दाजुभाइले दसैंलाई उति महत्त्व नदिने भएकाले दिनभर गोठमा बस्छन्,’ टोपबहादुरले भने, ‘हामी द्वादसी या त्रयोदसीको दिन फर्कन्छौं ।’ 

To celebrate Dasain, lamb near the houseअढाई दसकसम्म दसैंको टीका लगाउन नपाएका फुङलिङ नगरपालिका-११ फावाखोलाका गोपाल विष्ट ‘अन्तरे’ भने लेलेप घुन्सानजिकैको अम्जीलेसामा गोठ छाडेर महाअष्टमीका दिन घर आएका छन् ।

To celebrate Dasain, lamb near the house यस वर्ष टीका लगाउन नमिल्ने दुई जनालाई गोठमा पुर्‍याएर चार/पाँच दिनका लागि उनी मूल घरमा आएका हुन् । ६ भाइ छोरामध्येका अन्तरे दसैंको टीका लगाएर घरमै बस्ने र त्रयोदसीको दिनमात्रै खर्क फर्कने योजना बनाएका छन् । घरबाट भेडा भएको खर्कमा पुग्न उनलाई पूरा एक दिन लाग्छ । यातायातको सुविधा नभएकाले पैदलै यात्रा गर्नु पर्छ । 

To celebrate Dasain, lamb near the houseताप्लेजुङमा भेडा चराउँदै खर्क दौडनेलाई कात्तिकमा दसैं परे मात्र दसैं आएजस्तो हुन्छ । त्यसबेला घर नजिकका खेतीबाली उठाइएको हुन्छ । असोजको दसैं चुनौतीपूर्ण बन्छ । धान कोदो जस्ता बालीनाली भएकाले घर नजिकसम्म पुर्‍याउन पाउँदैनन् । टाढाबाट धाउनुपर्ने बाध्यता हुन्छ ।  

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully