कान्तिपुर टेलिभिजनको निमित्त समाचार प्रमुखमा रुपेश श्रेष्ठ नियुक्त

श्रेष्ठले पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका छन् । उनी चर्चित कार्यक्रम 'फायरसाइड'को प्रस्तोता पनि हुन् ।

आश्विन १४, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर टेलिभिजनको निमित्त समाचार प्रमुखमा रुपेश श्रेष्ठ नियुक्त भएका छन् । समाचार प्रमुख विजय पौडेलले राजीनामा दिएपछि श्रेष्ठलाई निमित्त समाचार प्रमुखको जिम्मेवारी दिइएको हो ।

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले श्रेष्ठलाई निमित्त समाचार प्रमुखको घोषणा गरेका हुन् ।

श्रेष्ठ यसअघि नायब समाचार प्रमुखको भूमिकामा थिए  । श्रेष्ठ दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । उनीसँग कान्तिपुर टेलिभिजनबाहेक अन्य सञ्चारमाध्यममा पनि फरक-फरक भूमिकामा काम गरेको अनुभव छ । श्रेष्ठले पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका छन् । उनी चर्चित कार्यक्रम 'फायरसाइड'को प्रस्तोता पनि हुन् ।  

समाचार प्रमुखबाट राजीनामा दिएका विजय पौडेलले आजसम्मको साथ र सहयोगका लागि सबैलाइ धन्यवाद दिए ।  प्रबन्ध निर्देशक सिरोहियाले कान्तिपुर टेलिभिजनलाई यो उचाइसम्म पुर्‍याउन पौडेलले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद दिएका छन् । 

कान्तिपुर

Link copied successfully