कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

संविधान दिवसमा कांग्रेसको बुद्धिजीवी विभागले विशेष अन्तर्क्रिया गर्ने

भाद्र १७, २०८१
संविधान दिवसमा कांग्रेसको बुद्धिजीवी विभागले विशेष अन्तर्क्रिया गर्ने

काठमाडौँ — नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले संविधान दिवसका दिन विशेष अन्तरक्रिया गर्ने भएको छ ।

सानेपास्थित केन्द्रीय कार्यालयमा सोमबार बसेको विभागको बैठकले संविधान जारी भएको दिनलाई स्मरण गर्दै असोज ३ गते विशेष अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको विभागकी प्रमुख डिला संग्रौलाले जानकारी दिइन् ।

विभागको बैठकले संस्थापक नेता वीपी कोइरालाको १११ औं जन्मजयन्तीको सन्दर्भमा भाद्र २५ गते 'वीपीको समाजवाद र बुद्धिजीवीको भुमिका' सन्दर्भमा विचार गोष्ठी गर्ने कार्यक्रम समेत तय गरेको छ ।


प्रकाशित : भाद्र १७, २०८१ २०:१९
x
×