कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

मलेसियाबाट उच्चस्तरको भ्रमणका लागि पहल गर्छु : प्रस्तावित राजदूत तिमिल्सिना

भाद्र १७, २०८१
मलेसियाबाट उच्चस्तरको भ्रमणका लागि पहल गर्छु : प्रस्तावित राजदूत तिमिल्सिना

काठमाडौँ — मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताएका छन् ।

मलेसियालाई श्रम सम्झौताका लागि नमूना राष्ट्रको रुपमा चिनिएकाले त्यसबाट प्रधानमन्त्रीस्तरको भ्रमण गर्नसक्ने र त्यसले नेपाली श्रमिकका लागि फाइदा हुने उनले उल्ले गरे ।

सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत तिमिल्सिनाले मलेसियामा विचौलियाहरुले श्रमिकहरुलाई पाइलापिच्छे नै ठग्ने गरेको उल्लेख गरे ।

'म के भन्न चाहन्छु भने यो यस्तो खालको हाईलेवलको भिजिट मलेसियाबाट गृहमन्त्रीको लेवलको भिजिटमाउनीहरुको चासो छ भन्ने मैले सुनेको छु । तर प्राईमिनिष्टरको लेवलको हामीले त्यो गर्न सक्यौं भने जीटुजीमा मलेसिया श्रम सम्झौताको नमूनाको रुपमा मानिँदो रहेछ,'प्रस्तावित राजदूत तिमिल्सिनाले भने,' त्यसकारण हामीले पनि किन मलेसियालाई केन्द्रित गरेर अगाडि नबढने ?'

विचौलियाले त्यहाँ सिन्डिकेट गरेर श्रमिकलाई सोझै कम्पनीसँग सम्पर्क गर्न नदिने आफूले सुनेको उनले बताए ।

'स्याँउस्याउँती विचौलियाहरु हुन्छन रे । जताततै ठग्ने काम गर्दछन रे । म एकदमै अप्ठ्यारो ठाउँमा जाँदैछु । मलाई थाहा छैन–म कति टिक्न सक्छु । यहाँहरुले बिचैमा तँ फेल भईस्, आइजा भन्नुभयो भने मलाई केही छैन । म राष्ट्रका लागि, देशका लागि इमान्दारितापूर्वक काम गर्ने हो त्यहाँ । यस्ता कुरामा श्रम नीति अन्तर्गत जान सकियो भने सहज हुन्छ । त्यसले सरकारले सहयोग गर्नुपर्छ’ उनले भने ।

प्रस्तावित राजदूत तिमिल्सिनाले मलेसियामा श्रम नीतिअनुसारको कूटनीतिलाई सफल बनाउन सरकारले आफूलाई सहयोग गर्नुपर्ने पनि बताए ।

प्रकाशित : भाद्र १७, २०८१ १८:२२
x
×