कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

चितवनमा डेंगी संक्रमणबाट १ जनाको मृत्यु

भाद्र १७, २०८१
चितवनमा डेंगी संक्रमणबाट १ जनाको मृत्यु

चितवन — डेंगी संक्रमणका कारण चितवनमा १ जनाको मृत्यु भएको छ । चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रूपाखेतीका अनुसार भरतपुर महानगरपालिका-२ का १ जना पुरुषको भदौ १५ गते बिहानपख उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् ।

डेंगी संक्रमणका कारण यो आर्थिक वर्षमा चितवनमा भएको यो पहिलो मृत्यु हो । चितवनमा संक्रमण फैलँदो छ । जनस्वास्थ्य कार्यालयका अनुसार साउनयता भदौ १६ सम्म चितवनमा ५५१ जनामा डेंगी संक्रमण भएको छ । सात पालिका रहेको चितवनमा सवैभन्दा बढी संक्रमण पहाडी भूभाग रहेको इच्छाकामना गाउँपालिकामा छ ।

इच्छाकामनामा साउनयता २८३ मा डेंगी संक्रमण भएको छ । त्यसपछि भरतपुर महानगरपालिकामा १५८ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । भदौ र असोज महिनामा डेंगी फैलने जोखिम झनै रहेकाले सचेत रहन कार्यालयले अपिल गरेको छ ।

प्रकाशित : भाद्र १७, २०८१ ०७:३७
x
×