कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

बाढी पहिरो : सोमबारसम्म मृत्यु हुनेको संख्या १९० पुग्यो, ४९ जना वेपत्ता

बाढी पहिरो : सोमबारसम्म मृत्यु हुनेको संख्या १९० पुग्यो, ४९ जना वेपत्ता

काठमाडौँ — यसवर्षको मनसुनमा सोमबारसम्म बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १९० पुगेको छ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय ९० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परेर कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ४९ जना वेपत्ता रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

त्यस्तै, काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४५ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्‍चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ३८ जना घाइते भए।

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय २७ वटा घर, १ सय १२ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुर्‍याएको छ । प्रहरीका अनुसार विपद्‍का घटनाबाट ४ हजार ८ सय १९ घर परिवार विस्थापित भएका छन् ।


प्रकाशित : भाद्र ३, २०८१ १७:२२
x
×