कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

सहकारीको बचत अपचलन : रास्वपा सहमहामन्त्री आचार्यसँग संसदीय समितिले लियो बयान

सहकारीको बचत अपचलन : रास्वपा सहमहामन्त्री आचार्यसँग संसदीय समितिले लियो बयान

काठमाडौँ — सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको छ । आइतबार समितिले सिंहदरबारस्थित आफ्नै सचिवालयमा आचार्यसँग बयान लिएको हो ।  आचार्य गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरका रूपमा समेत काम गरेका थिए । 

गितेन्द्रबाबु (जीबी) राई नेतृत्वमा खुलेको सहकारीबाट बचतकर्ताको रकम अपचलनमा रास्वपा सभापति लामिछाने मात्र होइनन् पार्टीका सह–महामन्त्री आचार्य पनि जोडिएका छन् ।

०७८ पुस ६ मा सूर्यदर्शन सहकारीबाट १ करोड र पुस १२ मा सुप्रिम सहकारीबाट १ करोड ५६ लाख १५ हजार गरी कुल २ करोड ५६ लाख १५ हजार रुपैयाँ आचार्यको तर्फबाट गोर्खा मिडियामा गएको कागजातहरूबाट खुलेको छ । आचार्यले सहकारीको रकम गोर्खा मिडियामा ल्याएका मात्र होइनन्, गोर्खा मिडियाबाट आफ्नो कम्पनीमा पनि सारेका छन् ।

आचार्यकी श्रीमती सुरक्षा अधिकारीको नाममा स्थापना भएको ‘नोबडी प्रोडक्सन प्रालि’ को खातामा गोर्खा मिडियाबाट ५ करोड ३५ लाख रुपैयाँ रकम ट्रान्सफर भएको यसअघि नै कान्तिपुरले समाचार प्रकाशित गरिसकेको छ । गोर्खा मिडिया नेटवर्कको क्रियटिभ डाइरेक्टर रहेका आचार्यले टेलिभिजनबाट कार्यक्रम भने आफ्नो निजी कम्पनीबाट उत्पादन गरी टेलिभिजनलाई बेच्ने गर्दथे ।

ग्यालेक्सी टेलिभिजनमf ‘सारेगम लिटिल च्याम्प्स नेपाल’ प्रशारण थियो । यो कार्यक्रम ग्यालेक्सीबाट ३७ भाग प्रसारण भएको थियो । जसको भुक्तानी भने सुप्रिमका बचतकर्ताको रकमबाट नोबडी प्रडक्सनलाई गरिएको देखिन्छ ।

प्रकाशित : भाद्र २, २०८१ १३:३५
x
×