कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

माओवादी केन्द्रीय समिति बैठक असोज पहिलो साता बस्ने

श्रावण ३१, २०८१
माओवादी केन्द्रीय समिति बैठक असोज पहिलो साता बस्ने

काठमाडौँ — माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी असोज पहिलो साता बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले आगामी योजना बनाउन केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । त्यस्तै बैठकले पदाधिकारी नेता प्रदेश कार्यक्रममा केन्द्रित हुने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठकअघि सबै प्रदेशमा जबस मोर्चा, सल्लाहकार समिति र आयोगहरुको परामर्श समिति बैठक बस्ने प्रवक्ता सापकोटाले जानकारी दिए । प्रदेशका बैठकहरुमा अध्यक्षदेखि उपमहासचिवसम्मका पदाधिकारीहरु उपस्थित हुने उनले बताए ।

उनले वाग्मती प्रदेशमा भदौ ५ र ६ गते, विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशमा भदौ ७ र ८ गते, गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते बैठक बस्ने बताए ।

उनका अनुसार ३ वटा केन्द्रीय आयोगको १८ गते, मधेस प्रदेशमा २२ र २३ गते, कोशी प्रदेशमा २४ र २५ गते, सल्लाहकार कम्युनिस्ट मञ्चको २९ र ३० गते र जबस, मोर्चाहरुको २७ र २८ गते बैठक बस्नेछ ।

प्रवक्ता सापकोटाले प्रदेशहरुको बैठक सकिएपछि भारत, मध्यपूर्व प्रदेश र युरोप अमेरिका प्रदेशको पनि बैठक बस्ने जानकारी दिए ।

प्रवक्ता सापकोटाले बैठकले सदन, सडक र माओवादी केन्द्रको नेतृत्व रहेको १ सय २२ स्थानीय तहमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको पनि जनाए ।

प्रकाशित : श्रावण ३१, २०८१ १८:०८
x
×