कामीरिता एक सातामै दुईपल्ट सगरमाथा चुचुरोमा

काठमाडौँ — सोलुखुम्बुका कामीरिता शेर्पा एक साता नपुग्दै दोस्रोपल्ट सगरमाथा चुचुरोमा पुगेका छन् । जेठ ३ गते बुधबार सगरमाथा चुचुरोमा पुगेर फर्किएका शेर्पाले मंगलबार बिहान दोस्रोपटक आरोहण गरेका हुन् । आज २८ औं पटक सगरमाथा आरोहण गरेसँगै उनले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन् ।

कामीरिता एक सातामै दुईपल्ट सगरमाथा चुचुरोमा

उनी आवद्ध सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए ।

गत बुधबार उनी २७ औं पटक सगरमाथा चुचुरोमा पुगेका थिए । तर, उनकै २७ औं रकर्ड बराबरीमा सोमबार सोलुखुम्बुको पाङबोचेका पासाङ दावा शेर्पाको पनि रेकर्ड कायम भएपछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेको संख्या दुई पुगेको थियो ।

सेभेन समिटका अधिकृत थानेश्वर गुरागाईंका अनुसार, कामीरिता मंगलबार आरोहण दलमा रहेका विदेशीहरुसँगै शिखर पुगेका थिए । उनी शुक्रबारसम्म काठमाडौं फर्किने भनिएको छ ।

कामीरिताले यसअघि सन् २००९, २०१०, २०१३ र २०१९ मा पनि एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका थिए ।

विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले २ दशकभन्दा लामो सयमा विश्वका अग्ला हिमशिखर चढिसकेका छन् । उनको आरोहण यात्रा भने सन् १९९२ बाट सुरु भएको थियो ।कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।

प्रकाशित : जेष्ठ ९, २०८० ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?