कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

पूर्वमन्त्री तामाङको पुस्तक 'राज्यको रुपान्तरण'  

पूर्वमन्त्री तामाङको पुस्तक 'राज्यको रुपान्तरण'  

काठमाडौँ — काठमाडौं । सांसद तथा पूर्वमन्त्री हितबहादुर तामाङको पहिलो पुस्तक 'राज्यको रुपान्तरण' लोकार्पण गरिएको छ ।

काठमाडौंमा नुवाकोट-काठमाडौँ सम्पर्क समन्वय समितिले आयोजना गरेको आठौं जिल्ला भेलामा शनिबार पूर्वप्रधानमन्त्री एव‌ं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तामाङको पुस्तक लोकार्पण गरेका हुन् । पुस्तकमा संविधान लेखन, संघीय गणतन्त्र, राष्ट्रियताका मुद्दा र ताम्सालिङसँग सम्बन्धित विषयमा केन्द्रित भई मन्थन गरिएका विचार समावेश छन् ।

चार दशकदेखि वामपन्थी राजनीतिमा सक्रिय तामाङको उक्त पुस्तक ताम्सालिङ नलेज सेन्टरले प्रकाशनमा ल्याएको हो । आउने पुस्ताका पाठकले अध्ययन गर्न चाहे 'राज्यको रुपान्तरण' पुस्तक सन्दर्भ सामग्रीका रूपमा लिने आशाले पुस्तक प्रकाशनमा ल्याइएको नेता एवं लेखक तामाङले बताए । पुस्तकमा विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका लेखलगायत सामग्री छन् ।

राष्ट्रिय मुक्ति आन्दोलन र सर्वहारा अन्तर्राष्ट्रवाद, खोला तर्‍यो लौरो बिर्स्यो, संसद्‌वादी दलहरूको प्रवृत्ति, ताम्सालिङ रिङरोड निर्माण सम्बन्धमा लेखिएका लेख पनि रहेको लेखक तामाङले जनाए । ०८० सालमा लेखेको 'भारतीय जेलको सेरोफेरो' र 'महान् सहिद वीरबहादुर तामाङ' नामक संस्मरण पनि पुस्तकमा समावेश गरिएको छ । यी सबै गरी ४४ लेखको संकलनको रूपमा 'राज्यको रूपान्तरण' पुस्तक तयार भएको लेखकले बताए ।


प्रकाशित : भाद्र ८, २०८१ २२:०७
x
×