कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

बिसे नगर्चीको योगदानबारे पुस्तक

बिसे नगर्चीको योगदानबारे पुस्तक

विराटनगर — पृथ्वीनारायण शाहका ‘आर्थिक सहयोगी’ मानिने ऐतिहासिक पात्र बिसे नगर्चीबारे पुस्तक प्रकाशित भएको छ  । 

मोरङको पथरी शनिश्चरे नगरपालिका-१ निवासी खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले ‘गुमनाम एक इतिहास बिसे नगर्ची ’ नामक पुस्तक लेखेका हुन् । तिम्सिनाले बिसे नगर्चीको योगदानबारे विस्तृत चर्चा गरेको जनाएका छन् ।

बिसेको जन्मस्थल गोरखामा रहेका उनको सन्तानलाई भेट गर्नुका साथै गहिरो अध्ययनपछि पुस्तक प्रकाशित गरेको तिम्सिनाले जनाएका छन् । नगर्ची पृथ्वीनारायण शाहको एकीकरण अभियानमा मुख्य सहयोगी मानिन्छन् ।

नगर्चीले गोरखाली पक्षधर भएर विभिन्न युद्धमोर्चामा भाग लिएका ऐतिहासिक प्रमाणहरू पनि पुस्तकमा समावेश गरिएको छ । पृथ्वीनारायण शाहसंगकै मोर्चामा रहेर उनी नुवाकोटको युद्धमा सामेल भएको पनि ऐतिहासिक दस्तावेजहरुमा उल्लेख छ ।

१ सय ५६ पृष्ठ लामो पुस्तकको प्रकाशक लिला निरौला तिम्सिनाले गरेकी हुन् लेखक तिम्सिनाको यो १२ औ खोजमुलक कृति हो । यसअघि धिमाल जातिको इतिहास, माइखोलादेखि पुनर्वाससम्म लगायत पुस्तक प्रकाशित छन् ।

प्रकाशित : भाद्र ७, २०८१ १९:५७
x
×