कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

सलाङको सत्कार

माघ २२, २०६६

पन्ध्र सय २५ मिटर उचाइकोे ढेवालेक पुग्दा अपराह्नको घामले अनुहार स्पर्श गर्‍यो । हाम्रो दुई दिने यात्रामा फेला परेको ठाउँमध्ये यो सर्वाधिक उँचो थियो ।

अलि उजाडजस्तो लाग्ने डाँडाको ढिस्कोमा उभिएर मैले आँखाले भ्याउञ्जेल हेरेँ । उत्तरतिर लमतन्न फैलिएका मानापाथी, श्याम कर्णलगायतका हिमशृङ् खला देखिन्थे । दक्षिणतर्फ बाक्लो सल्लाघारी र गुराँसका रूख थिए । डाँडाको एकातिर घना जंगल थियो भने अर्कातिर उजाड पहाड । यो देखेर हामीसँगै गएका एक कृषिविद् थकथकी मानिरहेका थिए । तर तिनको 'प्रकृतिको लीला' भन्ने आशयको टिप्पणी मलाई त्यति चित्त बुझेको थिएन ।
धादिङ जिल्लाको सलाङ गाविसको धार्मिक महत्त्वसमेत बोकेको यो स्थलबाट आठवटा जिल्ला देखिन्थे-काठमाडौं, मकवानपुर, चितवन, गोर्खा, लमजुङ, तनहँु, रसुवा र नुवाकोट । यो नै सम्भवतः नेपालका यति धेरै जिल्ला देखिने डाँडो हुनसक्ने अनुमान गरेँ मैले । धादिङ जिल्लाकै ४९ वटा गाविससमेत ढेवा लेकबाट देखिने स् थानीयवासी बताउँदै थिए ।
यी माथिका भावना मेरा एक्लाजस्ता लागे पनि यात्रामा म एक्लो थिइनँ । सहनाई र नरसिंगाको निरन्तर फुकाइले यसलाई एउटा ठूलै उत्सवको छनक दिइरहेको थियो । मलेखुबाट झोलुङ्गे पुल तरेर पारी पुगेपछि विकासबाट टाढा तर सम्पदा र प्राकृतिक स्रोतको धनी एउटा गाउँका बासिन्दाको न्यानो आतिथ्य ग्रहण गर्दै थियौं हामी । सलाङको छलाङ यात्राभर िएउटा सुखद आश्चर्यका रूपमा प्रकट भइरह्यो ।
ललल
त्रिशूलीको किनारमा अवस्थित सलाङको मुहार फेर्ने साना किसान कृषि सहकारी संस् था लिमिटेडले चलाएको स्कुलका केटाकेटीले राष्ट्रिय गान गाउँदा मैले मेरो आफ्नै स् कुले जीवन सम्भिmएँ । र सम्भिmएँ त्यतिबेला शासकको गुणगान गाउँदै लाइनमा उभिएर गाउने गरेको चक्रपाणि चालिसे रचित 'श्रीमान् गम्भीर नेपाली' ।
काठमाडौंबाट गएको एक दर्जनभन्दा बढी सम्मिलित टोलीको स्वागतार्थ हातमा माला र अबिर लिएर बसेका थिए स्थानीयवासी । तिनका अनुहारमा थियो केही कौतूहल र केही आशा । झोला बिसाएर हामी सहकारीको दुईतले भवनको माथिल्लो तला चढ्यौं जहाँ सलाङलाई कृषि पर्यटन र होम स्टेका लागि नयाँ गन्तव्य बनाउने कुरा चल्दै थियो । त्यसअघि नै हाम्रा एकाध सहयात्री पुलबाट तल त्रिशूली नदीतिर देखाउँदै त्यहाँ डुङ्गा चलाउन सकिने, रसिोर्ट खोल्न मिल्नेजस्ता अनेक योजना बनाउँदै थिए ।
२०४२ सालमा झोलुङ्गे पुल बन्नुअघि स्थानीय बासिन्दा या त डुंगा खियाएर या तुइन चढेर पारी राजमार्ग पुग्थे जुन उनीको बाहिरी संसारसँग सम्पर्ककोे सेतु थियो । पुल बनेपछि धेरै होलो भएको सबैले स् िवकारे । सलाङ सहकारीका सचिवले योजना र सम्भावनाको लामै फेहरस्ित सुनाए जसमा सलाङलाई नमुना गाउँ बनाउने, त्रिशूली र बुढीगण्डकी -गाविसको अर्कोपट्टकिो सिमाना) बाट पानी तानेर माछापालन र सिंचाइ गर्ने, त्यहाँ र्‍याफ्टिङ र क्याम्पिङजस्ता पर्यटकीय पूर्वाधारको निर्माण गर्ने र नजिकैको मनकामना केबलकारजस्तै सिद्धबाबा मन्दिर -पशुपतिका अवशेष रहेको मानिने उक्त ठाउँमा शिवरात्रीमा मेला लाग्दोरहेछ) देखि केबलकारको व्यवस्था गर्ने ।
केराका एक/दुई कोसा चबाएपछि हाम्रा खट्टा उकालिन जुर्मराउन थाले । स्थानीयवासी 'दुई घन्टा त हो नि' भनेर हामीलाई ढाडस दिइरहेका थिए । तर मनमा कता-कता आतेस लागिरहेको थियो । काठमाडौंलाई कर्मथलो बनाएयता गोडाले लामो हिँडाइसँग पारपाचुके गरसिकेका थिए । काठमाडौंका सुविधासम्पन्न कार्यकक्ष र क्यान्टिन गफमा साथीभाइ हाइकिङ ंर टे्रकिङका कुरा गर्थे । त्यतिखेर मन चरीझै भर्र उड्थ्यो । डाँडापाखा चहार्न औधि रहर जाग्थ्यो । तर त्यो समय आदिकवि भानुभक्त आचार्यको भोलिझैं कहिल्यै आउँदैनथ्यो । मेरो बढेको भुँडी यो यात्रामा पनि साथीहरूको खिसिट्युरीको विषय बनिसकेको थियो । उनीहरू यो हिँडाइबाट भँुडी घट्ने आस देखाउँदै मलाई हौस्याउँदै थिए ।
सलाङको रातो माटोले मेरो पूर्वी पहाडी गाउँ फिदिमको सम्झना गरायो । गफिँदै उकालिन थाल्यौं । पारीको चिल्लो रागमार्गतिर देखाउँदै एक स्थानीयले भने- हाम्रा लागि त्यो सडक वरदानभन्दा पनि अभिशाप भएको छ । पार िमोटर गुडेको हेर्‍यो, यता हाम्रा बालीनाली सडिरहेका हुन्छन् । 'तर तल मलेखु पुर्‍याउन सकियो भने त त्यसले बजार पाउँछ नि,' अर्का सहयात्रीले उनलाई जवाफ दिए ।
काठमाडौंको छिमेकी जिल्ला भए पनि धादिङको त्यस गाउँको मौसमदेखि अनभिज्ञ मैले काठमाडौंमा बाइक चलाउँदा लगाउने जत्ति नै लुगा बोकेको थिएँ । फेर िराति ओछ्यान कस्तो पर्ने हो ? बा स्विटर लगाएरै सुत्नपर्ने हो कि भनेर आफूलाई पत्र-पत्रमा बेरेको थिएँ । अहिले लुगा एकपछि अर्को खोल्दा त्यसले झोला भरनि थालेको थियो । यस्तैमा सहयोगी हात बढाए सलाङ सहकारीका अध्यक्ष गोपाल थापामगरले । उनी र पछि पनि झोला बोकिदिने दुई सहृदयी सलाङीको गुन बिर्सनुहुँदैन मैले ।
ललल
वरपीपलको चौतारोमा केहीबेर सुस् ताएपछि हामी अघि बढ्यौं । डाँडामा रहेको त्यस ठाउँको नाम रहेछ मैदान जसलाई खुल्ला मगर संग्रहालय भन्नु अत्युक्ति हुँदैन । यहाँ पनि गाढा नीलो पाइन्ट×/प|mक र आकाशे नीलो सर्ट पहिरेका स्कुले केटाकेटीले राष्ट्रिय गीत गाए । अनि हामीलाई खोर्साने र लट्टे फूलका माला लगाइदिए ।
सलाङ गाविसको ६ नम्बर वडामा रहेको यस ठाउँका ६० प्रतिशत बासिन्दा मगर रहेछन् । त्यसबाहेक गन्धर्व, माझी, भुजेल, नेवार, कामीजस्ता विभिन्न जातजाति मिलेर बसेका रहेछन् त्यहाँ । ढंुगाका गारो र टिन अनि परालका छाना भएका घरले मैदानको सौन्दर्य उजिल्याएका थिए । कतिपय घरका छाना झिँगटीका थिए । पूर्व गाविस अध्यक्ष पुनराज थापाले मगर भाषामा हाम्रो स्वागत गरे । हामी पलँेटी कसेर गुन्द्रीमा बस्यौं । हाम्रो स्वागत र खानपानमा जुटेका मगर युवतीहरू नीलो लुङ्गी, पहेँलो पटुकी र खैरो-रातो चोलीमा सजिएका थिए । ती एकअर्कामा मगर भाषामा संवाद गर्थे । उनीहरूलाई स् वागतसत्कारको एकदमै चटारो भएको प्रस्ट देखिन्थ्यो । अर्ध गोलाकार बसेका काठमाडौंली पाहुनालाई अम्खोरामा पानी र दुना/टपरीमा मगर खाना तिनले कुशलतापर्वक टक्र्याए । गुन्दु्रक र भटमास, सिस्नु र पुदिना अनि मुलाको मीठो अचारसँग सेल रोटी, तरुल, सुठुनी र पिँडालु मुख मिठ्याउँदै खाँदा केही दिन अघिको माघे संक्रान्ति याद आयो । साथमा स्थानीय उत्पादन बदाम, गोलभेँडा आदिबारे जानकारी दिइयो ।
काठमाडौंका कतिपय घरमा सलाङको तरकारी पाक्दोरहेछ । अझ यहाँको गोलभेँडा त सुप्रसिद्ध नै रहेछ । सलाङीहरू धेरै जाँगरलिा र मेहेनती भएको पाखापखेरामा लगाइएका बालीले बताइरहेका थिए । ३४ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो गाविसलाई दुईतिरबाट दुई नदी त्रिशूली र बुढीगण्डकीले घेरेका रहेछन् । मैदानबाट हामी मुख मिठ्याउँदै रेशमखेती भएको मास्तिरको डाँडो चढ्यौं । पहाड चढ्नुको एउटा विशेषता के भने, उँभो हेर्दा डाँडा सकिएजस्तो लाग्छ । अनि हरेस खाइसकेको ज्यानमा अलिकति जोस भरन्िछ । तर जसै एउटा डाँडो काटिन्छ, अर्को डाँडो आफैंलाई गिज्याउँलाझै गरी लमतन्न तेर्सिन्छ । अनि आफैंसित सोध्न बाध्य भइन्छ, यसलाई कसरी काट्ने होला ? अक्सर काठमाडौं खाल्डो र पूर्वी तराईको समतल भूभाग नाप्ने मलाई यस यात्राले अधिकांश नेपाल अक्करलिा र विकट पहाडले बनेको छ भन्ने कुराको बारम्बार बोध गराइरह्यो ।
रेशम खेती हुने डाँडामा पुग्दा झमक्क साँझ परसिकेको थियो । शरीर थाकेर हामी सहरयिा लखतरान भइसकेका थियौं । तर गाउँलेको जोस भने झन् बढ्दै थियो । मलाई के पनि अनुभव भयो भने, गाउँलेहरू काठमाडौंबाट आएको यो टोलीप्रति बढ्तै आशावादी थिए । होम स्टेलगायतका पर्यटन गन्तव्य प्रबर्धनका लागि पहिले पूर्वाधार बन्नु जरुरी भएको सरल भाषामा सम्झाइरहेका थिए नेपाल कृषि सहकारी केन्द्रीय महासंघका अध्यक्ष खेमबहादुर पाठक । धादिङकै चैनपुरका ती अगुवा साना किसानले त्यस कुरालाई यात्राभर िगाउँलेमाझ एजेन्डाकै रूपमा प्रस्तुत गररिहे ।
साँझ ढल्कदै जाँदा डाँडाको चिसो सिरेटोले मुटु कमायो । सोलारबाट निकालिएको मधुरो उज्यालोमा हामी एकअर्कालाई ठम्याउन खोज्थ्यौं । केहीबेरमै काठमाडौंमा रहेका आफन्त/साथीभाइसँग सम्पर्क गर्ने क्रममा हाम्रो टोली आ-आफ्नो दुनियाँमा हरायो । ब्याट्री चार्ज गर्नेमात्र समस् या रहेछ, नत्र डाँडा पाखा जताततै मोबाइलले टावर टिपिरहेको थियो । सहकारीले नै एउटा ढिस्को भएको त्यस ठाउँमा आवास निर्माण गरेको रहेछ । मलाई होम स्टेको अनुभव लिन मन थियो । तर त्यसबाट हामी सबै वञ्चित हुनुपर्‍यो, टोलीकी एकमात्र महिला सदस्यबाहेक । उज्यालो एफएमकी शान्ता नेपालीले सलाङमा 'पत्रकार बैनी' को उपमा पाइसकेकी थिइन् । पछि मैले उनलाई होम स्टेको अनुभव सोधेँ । मगर घरका महिलासँग गफिँदै आधा रात छर्लङ्ग पारेकी तिनले गाउँलेहरू अति नै उत्साही र बढी नै आशावादी भएको सुनाइन् ।
केही साथीले स्थानीय तीनपाने रक्सीले जीउ तताए । खाना खाएपछि सुरु भयो नाचगान । एकातिर धुनी जगाइएको थियो भने अर्कातिर तन्नेरी नाचगानको तयारी गर्दै थिए । सोरठीदेखि चुडानी, कौरा र झ्यारेले माहौल मादक बन्दै थियो । स् थानीय राजकुमार त्रिपाठी मान्छे तानी-तानी नचाउँदै थिए । उनी आफै पनि नाच्न खप्पिस रहेछन् । नाचगान चल्दै थियो, मचाहिँ निद्रादेवीको शरणमा जान त्यहाँबाट लुसुक्क हिँडे । नयाँ पत्रिकाका फोटोपत्रकार न्हुछेमान डंगोल त्यहाँ आएदेखि नै ओछ्यानमा पल्टेर नारायण गोपालका विरहका गीत मोबाइलमा सुनिरहेका थिए ।
मर्निङ वाकमा अभ्यस्त भएको बताउने बोके दाह्री पालेका गोरखापत्रका हँसिला पर्यटन संवाददाता सञ्जोक आचार्य पहिल्यै उठिसकेका रहेछन् । उठेर मुख धँुदावर्दा घाम झलमल्ल लागिसकेको थियो । सूर्योदयको दृश्यले नेपाल पर्यटन बोर्डका मणि लामिछानेलाई आफ्नो दार्जिलिङ यात्राको स् मरण भएछ । उत्तरतिरका कञ्चन हिमाललाई पृष्ठभूमिमा पारेर केहीबेर फोटो खिचियो । यत्तिकैमा गाउँलेहरू आए र उनीहरूकै अगुवाइमा हामी नजिकैको सलाङकोटतिर लम्कियौं ।
ललल
सलाङकोट म पुगेका केही सुन्दर ठाउँमध्येमा दरनिलायक रहेछ । वडा नं ५ का बासिन्दाले हाम्रा लागि भैंसीको दूध तताइसकेका थिए । बिहानको ठिहीमा हामीले मीठो दूध थपी-थपी पियौं । ढुंगाको छानो भएको बाराही माईको मन्दिरको ऐतिहासिक महत्त्व रहेछ । गोर्खाबाट फूलपाती लिएर काठमाडौं लैजाने क्रममा यहाँ केहीबेर राखिँदो रहेछ । तर डाँडामा पानीको अभावका कारण जीवन कष्टकर हुँदै गएपछि गाउँलेहरू तलतिर बसाइँ सर्दै गएकाले सलाङकोट बस् तीविहीन भएको गाइँगुइँ सुनिन्थ्यो ।
मन्दिरको एक घन्टी छेउबाट पृष्ठभागमा पर क्षितिजमा देखिने हिमशृङ्खलाको मोहक दृश्यले मेरो ध्यान खिच्यो । मैले मेरो डिजिटल क्यामराभित्र त्यसका केही दृश्य कैद गरेँ । यसो पछाडि फर्केर हेरेको त फोटोपत्रकार न्हुछेमान पनि कतिबेला मान्छे त्यहाँबाट हट्लान् र खिचौला भनेर कुरबिसेका रहेछन् । डाँडाकाँडाको अर्को फाइदा के भने, एक ठाउँ बसेर औलो देखाउँदै टाढा-टाढाका ठाउँ बारे कुरा गर्न सकिन्छ । केही मान्छे युद्धको कुरा गर्न थाले । मेरा कान चनाखा भए । इतिहासतिर फर्किएको म एकछिन त तिनले गोर्खाका महत्त्वाकांक्षी राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका लागि छेडेको युद्धबारे बोलिरहेका हुन् कि जस्तो लाग्यो । तर हैन रहेछ । उनीहरू त माओवादी जनयुद्धकालमा त्यहाँ भएको भिडन्तको पो चर्चा गररिहेका रहेछन्, जतिखेर नेपालका पहाड रक्ताम्य भएका थिए ।
केहीबेर ओरालो हिँडेपछि फेर िअर्को स् वागतद्वार आइपुग्यो । अबिर, माला, हातमा केरा, गाउँलेको सत्कारले फेर िमन पग्लियो । अब भने कच्ची मोटरबाटो आइपुग्यो । तेर्सै-तेर्सो हिँड्न पाउँदा खुट्टालाई सास्ती कम हुने भो भनेर दंग परेँ म । बीचमा गाईको खुर, जन्ती अल्पिने र सुकेको पोखरीको धार्मिक र पर्यटकीय महत्त्वबारे जानकारी दिइयो । यसबाट मलाई के लाग्यो भने, आम नेपाली गाउँजस्तै सलाङ  पनि मिथक सिर्जना गर्ने कुरामा निकै अगाडि रहेछ ।
सलाङकोटबाट हामी एकाध घन्टामै कमलबारी पुग्यौं । यतिञ्जेलसम्ममा बाजागाजासहित ठूलै हुद्दा बनिसकेको थियो । कमलबारीको स्कुलमा विद्यार्थीझै बेन्चमा बसेका हामीलाई भुटेको मकै/भटमास, दूध, उसिनेको गहत, गुन्द्रुकको अचार दिइयो । म सँगै बसेका पर्यटन बोर्डका कुबेर विष्टले बडो मीठो मान्दै भुटेको मकै महमा चोबेर खाए । त्यहाँ नेदरल्यान्डका एक तन्नेरी स्वयम् सेवकको रूपमा अंग्रेजी पढाउँदा रहेछन् । तीसँग केहीबेर भलाकुसारी गरयिो ।
त्यहाँबाट उकालो चढ्दा निकै मुस्किल पर्‍यो । काठमाडांैका रैथाने न्हुछेमान, म र शान्ता अन्त्यमा थियौं । उकालो छिचोल्दै साथीहरू अघि बढिसकेका थिए । हामी सुस् ताउँदै, एकले अर्कोको हौसला बढाउँदै चढ्यौं । हामीलाई सँगै हिँडेर साथ दिए तीनजना गाउँलेले । ती महाभारत रेञ्जका डाँडा पनि हामीलाई सगरमाथाझैं लागे ।
ओरालो झर्ने क्रममा हामीले निकै अप्ठ् यारो बाटो हिँड्नुपर्‍यो । पाख्रीवास धनकुटा घर भएका रुद्र भट्टराईले त्यसलाई बाँदर लड्ने भीरको संज्ञा दिए । मैलेचाहिँ केटाकेटी छँदा ताप्लेजुङको सिकैजा हुँदै पाथीभरा गएको सम्भिmएँ । त्यतिखेर रूखका बुट्यान समात्दै, चारपाउ टेकेरसमेत हिँडिएको थियो । यहाँ यो मान्छे कमै हिँड्ने, अत्यन्त भिरालो बाटोले उकालो गाह्रो कि ओरालो भन्ने नयाँ छलफल सुरु गराएको थियो । अरूभन्दा पनि शान्ताको नङ ठोकिएकोले तिनलाई निकै सकस परेको देखिन्थ्यो । अनुहार बिगारेर मरतिरी हिँड्दै थिइन् ती धराने पूर्व मोडल जो सात महिनायता काठमाडौंमा पत्रकारतिा गर्दै संघर्षरत छिन् ।
तर जसै हामी हाम्रो यात्राको अन्तिम गन्तव्य आइपुग्यौं, बेग्लै खाले आनन्दले मन भरयिो । एउटा रूखैरूख भएको पिकनिक स् पटजस्तो लाग्ने खुल्ला ठाउँमा बस्ने र खाना खाने प्रबन्ध मिलाइएको रहेछ । त्यहाँका मगर बासिन्दाको उत्साह र जाँगरलाई सलाम नगररिहन सकिएन । मोही थपी-थपी खाइयो र बिदा भइयो दिउँसो अबेरतिर । अब सबैका अनुहारमा काठमाडौं पुग्ने हतारो थियो । सालका रूख छिचोल्दै पाइला अघि बढायौं ।
तल त्रिशूली एकनासले सुसाइरहेको थियो ।

प्रकाशित : माघ २३, २०६६ ११:२१
×