आधारभूत सामाजिक सुरक्षा दिनु, अवसरको असमानता घटाउनु, विस्थापित घरविहीनलाई बस्ने–लाउने–खाने ठाउँ दिनुमा ध्यान पुर्याउनुभन्दा निम्न आयवर्गका मानिसलाई बिजुलीदेखि शिक्षा र स्वास्थ्यसम्ममा कर लगाउनेतर्फ सरकारको ध्यान केन्द्रित छ ।
यदि मानिस बाध्यताका कारण विदेशिन प्रेरित हुन्छन् भने, सरकारले यस प्रक्रियालाई अनुदान दिनुपर्छ र बिचौलिया संयन्त्रको अन्त्य गर्नुपर्छ ।
नेपालमा आफूलाई वामपन्थी दाबी गर्ने दलहरूले नेपाली जनतालाई समाजवाद वा साम्यवादको सामान्य झलक मात्र पनि अनुभूत गराउन सके ? के ६ दशकको समय उनीहरूका लागि कम थियो ? वा नेकपा माओवादीको उदय भएको बीस वर्ष समय कम थियो ?
कुनै पनि आधिकारिक काम गर्नका लागि अझै पनि आफ्नो सम्पूर्ण दिन बलिदान दिनुपर्छ । अघिल्लो शासनको शक्ति संरचना अक्षुण्ण रहन्छ, ठ्याक्कै सोही चुनावी प्रणाली पछ्याउँदै । त्यसो भए, विद्रोहले वास्तवमै केही हासिल गर्यो ? उत्तर स्पष्ट छ– गरेन ।
आफ्नो वर्ग र सुविधाका कारण यस्तो ‘नकारात्मक शान्ति’ को चाहना राख्नु देशको भविष्यका लागि हानिकारक मात्र छैन, यसले ती श्रमजीवी र गरिब जनताको उपहास पनि गर्दछ, जोसँग यस्तो खालको वर्गीय सुविधा छैन ।