१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

शैलीका छेत्री

शैलीका छेत्रीका लेखहरु :

‘वन लभ’ भित्रको विद्रोही आवाज 

जनचेतना, अधिकार र सामाजिक न्यायसम्बन्धी गीत गाएर विश्वचर्चित बनेका जमैकन मूलका संगीतकर्मी एवं रेगे विधाका प्रमुख प्रचारक बब मार्लीको जीवनीमा आधारित म्युजिकल ड्रामा फेब्रुअरी १४ मा रिलिज हुादै छ । रेइनाल्डो मार्कस ग्रिनले निर्देशन गरेको ‘बब मार्ली : वन लभ’ मा किंग्स्ली बेन–अदिरले मार्लीको भूमिका निर्वाह गरेका छन् ।

रजश्वलाको नीलो रङ

परिवर्तन के हो ? प्रश्न आकस्मिक आइलाग्छ । यस्तो प्रश्नसित अचेल एक प्रकारको डर लाग्न थालेको छ । पर्यायवाचीझैं लाग्छ मलाई– जीवन र परिवर्तन !

आँसु नबगी उदासीको अन्त्य हुँदैन

रुनु एक प्रमुख मानवीय घटना हो । मान्छेले मात्रै भावनात्मक अनुभवको प्रतिक्रियामा आँसु बगाउँछन् (कुक, सन् २०१३) । त्यसैले विकासवादी वैज्ञानिकहरू विश्वास गर्छन्– मानिसले सामाजिक कार्य पूर्ण गर्न भावनात्मक रुवाइको विकास गरेको हो । रुनुबाटै जीवन सुरुवात गरेका हौं– हामीले । सबै सामाजिक प्राणी रुन्छन् । खिन्नताका बेला आँसु सुकिउन्जेल रोएपछिको हल्कापनको तृप्त अनुभव कसलाई पो थाहा नहोला !

मखमली प्रेमको हर्मोन

प्रेम दर्शनविज्ञान भन्छ– मानव सम्बन्धहरूमाझ हामीलाई नियन्त्रणमा राखिरहने एक अद्भुत शक्ति हो वा हर्मोनहरूको त्यो खतरनाक ककटेल हो प्रेम, जसले मानव विकासवादी चाल रचिरहेको हुन्छ । र, प्रेमलाई प्रकृतिले चलाएको त्यो रासायनिक घूसखोरी मानिन्छ, जसबाट प्रजातिको ‘इभोलुसन’ हुन्छ । तर, स्टर्नबर्गको प्रेम–प्रसिद्ध त्रिकोणीय सिद्धान्तबाट हेर्दा रोमान्टिक प्रेम जुनुन, आत्मीयता अनि प्रतिबद्धतामा आधारित हुन्छ ।

गुलाबी रिबन

विकासवादी सिद्धान्तले स्त्री–स्तनलाई आनुवंशिक स्वास्थ्यको प्रमुख अंग मानेको छ । यसको समर्थनमा लियोनार्ड श्लेनले ‘सेक्स, टाइम एन्ड पावर ः हाउ वुमेन्स सेक्सुअलिटी सेप्ड ह्युमन इभोल्युसन’ किताबमा लेखेका छन्, ‘प्रारम्भिक पुर्खाहरू सीधा उभिएर हिँड्न सिकेपछि मात्रै स्तनको आकारमा वृद्धि भएको हो र स्त्रीमा सुडौलपन आएको हो ।’

हर्मोनहरूको कस्मिक नृत्य

समाजशास्त्रले मानव विकासलाई उच्चतर स्तरमा राखेर किन नहेरोस्, जीवन त उही पिट्युटरी ग्रन्थिबाट लगातार प्रवाहित भइरहने रासायनिक स्राबको कठपुतली मात्रै हो । त्यसैले त प्रत्येक व्यक्तिले आफ्नो सम्पूर्ण जीवनकालमा कुनै न कुनै बेला यस्ता हर्मोनल परिवर्तनको अवस्था भोगेको हुन्छ ।

सर पिन्टोको केश सफारी 

अरस्तु भन्छन्, ‘जीवनयात्राका निम्ति शिक्षा सबैभन्दा राम्रो प्रावधान हो ।’ हुन पनि शिक्षालाई ‘भविष्यको पासपोर्ट’ मान्न सकिन्छ । कारण विद्यार्थीको आउँदो भविष्यको तयारी यस्तै स्कुल वा कलेज शिक्षाबाटै हुनेगर्छ । त्यसैले भन्न मन लाग्छ– शिक्षालय विद्यार्थीका निम्ति ज्ञानको फोहरा हो, जहाँ विद्यार्थी ज्ञान पिउन भेला हुन्छन् ।

शक्ति जीवनदायी : प्रेम प्रकाशवान

देवी सूक्त परिचयदेवीभक्ति प्रेमबारे मैले बाबा शरद् छेत्रीबाट बुझ्न पाएँ । प्रत्येक शारदीय नवरात्रमा बाबा मालश्री गाउनुहुन्थ्यो । घरको वातावरणमा बाबाको स्वरमा मालश्री गुन्जिँदा लाग्थ्यो– दसैं छेउमै आइसकेको छ । बाबा शक्तिको पुजारी हुनुहुन्थ्यो । हिन्दु दर्शन र धर्मशास्त्रमा शक्तिलाई ईश्वरको सक्रिय आयामका रूपमा बुझिएको छ । ‘शक्ति’ शब्दलाई संस्कृतको ‘शक’, ‘शक्ति’ या ‘उत्पादक क्षमता’ भनेर बुझिन्छ । मौलिक ब्रह्माण्डको ऊर्जा शक्ति हो, जसले सृष्टि र अस्तित्वलाई एउटै रेखामा राखेर हेर्ने गर्छ । बाबाका निम्ति देवी–शक्ति केवल सृजना, तर समस्त परिवर्तनको प्रतिनिधि थियो ।

'मलाई त्यसले छोएको मन पर्दैन'

ऐलट्रइज्म पीडामा स्त्रीमानव सभ्यतामा पुरुष जातिलाई पौरुष्य सभ्यताको सर्वश्रेष्ठ प्रतिनिधिका रूपमा स्थापित गरिएको छ । स्त्रीमाथि भइआएको उत्पीडनले समाजको रोगी मानसिकतातर्फ संकेत गर्छ । कामसूत्र भन्छ, ‘अभ्यस्त इन्द्रिय सुख, जस्तै कामुक इच्छाले पनि दुःखलाई निम्त्याउँछ ।’ जुन समाजमा जागरुकताको कमी हुन्छ, त्यहीँ नै यौन आनन्दको नाममा लुटिएको हुन्छ मानव अस्मिता । तर, के यौन यति बढी स्पेस पाउने विषय हो र ? बायोलोजिकल दृष्टिले हेर्ने हो भने यौन केवल प्रकृतिमा होमो सेपियन्स अर्थात् हामी मानव जातिको जनसङ्ख्यालाई कायम राख्ने अति साधारण प्रक्रिया मात्रै हो ।

चक्रव्यूहबाट फर्किएका शरद छेत्री

सपना र गर्भपतनजबजब दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन हुन्छ, म बाबालाई सम्झिन्छु । उन्मुक्तिको सपना कसले पो देख्दैन र ? तर, सन् १९८० देखि २०२१ सम्मै त्यो सपना सपना मात्रै बन्यो । मेरो बाबाको पनि एउटा सपना थियो– छुट्टै राज्य भयो भने कम से कम सरकारले मान्यता दिइसकेको नेपाली भाषामा लेखिने साहित्य केन्द्रमा त पुग्थ्यो ।