उपन्यास 'परिधि' जति अगाडि बढ्छ, त्यत्तिकै पाठकमा कुतुहलता पैदा हुँदै जान्छ । यसपछि अब कस्तो विसंगतपूर्ण पात्रको प्रवेश हुन्छ भन्ने जिज्ञासाले पाठकलाई बाँधिरहन्छ ।
'बगावतना'मा विद्रोह, प्रेम, संवेदना लगायतका यावत् विषयको संयोजन भएको उत्कृष्ट क्यानभास हो ।
विद्रोही चेत, सामाजिक आलोचना र भाषिक लालित्यले भरिएको ‘शान्त शर्वरी’ मा कवि अलंकारले नेपाली साहित्यमा नयाँ काव्यिक स्वाद थपेका छन् ।
यी कथाहरूले भन्छन्– जातीयता एक कमजोर खाटजस्तो हो, जो मक्किएर भाँच्चिएको छ दृश्य प्रलेख !