प्रकाशकीय

प्रकाशकीयका लेखहरु :

प्रकाशकीय : लोकतान्त्रिक व्यवस्थाका आधारभूत सिद्धान्तमाथि सम्झौता गर्न कान्तिपुर तयार छैन

२०४६ को राजनीतिक परिवर्तन र त्यसपछि सुरु भएको खुला बजारले नेपाली समाज र अर्थतन्त्रलाई गतिशील बनाएकै हो । अझ लोकतन्त्रको सबलीकरण र नेपाली मिडियाको औद्योगीकरण यात्रा सँगसँगै अघि बढेका हुन् ।

प्रकाशकीय : सही र सत्यका पक्षमा उभिने दायित्वमा कुनै सम्झौता गर्दैनौं

कान्तिपुर पब्लिकेशन्स् तीन दशक लामो यात्रा पूरा गरी आज एकतीसौं वर्षमा प्रवेश गरेको छ । हाम्रोजस्तो ढिलो गरी खुलापन सुरु भएको मुलुकमा निजी क्षेत्रको व्यावसायिक सञ्चार संस्था निरन्तर ३० वर्ष अग्रणी भूमिकामा रहनु आफैंमा एउटा उपलब्धि हो । यसका पछाडि कान्तिपुरमा विभिन्न कालखण्डमा विभिन्न भूमिकामा जोडिएका सबै सहकर्मी साथीहरूको अथक परिश्रम त छँदै छ, सँगै यो सफलता समाजका अनेक क्षेत्रको फराकिलो साथ र समर्थनको नतिजा पनि हो ।

प्रकाशकीय : निष्पक्ष पत्रकारितालाई अगाडि बढाउने हाम्रो निष्ठामा कहिल्यै कमी आउने छैन 

आजबाट हामी २९ वर्ष पूरा गरी ३० औं वर्षमा प्रवेश गरेका छौं । कान्तिपुर पब्लिकेसन्सको वार्षिकोत्सवका अवसरमा म सम्पूर्ण पाठक, शुभेच्छुक र सहयोगीहरूमा हृदयदेखि नै शुभेच्छा प्रकट गर्न चाहन्छु ।