राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीको संयोजकत्वमा गठित समितिले दीर्घकालीन समाधानका लागि ढल निकासमाथि बनाइएका निजी तथा सरकारी संरचना तत्काल हटाउन सिफारिस गरेको छ ।
पशुपति क्षेत्रका बालबालिकालाई राक्षसले बध गर्न थालेपछि तान्त्रिकको सहयोगमा राक्षसकै बच्चा समातेर त्रिशुलमा उनेर सहर घुमाउँदै वर्षेनी मचाति जात्रा मनाइने गरिन्छ ।
शिक्षिकाले सजाय दिन खोज्दा विद्यार्थीले उल्टै हातपात गरेपछि जनकपुरस्थित एक विद्यालयको कक्षाकोठामा देखिएको तनावले शिक्षा पद्धतिमा गम्भीर प्रश्न उठाएको छ ।
सबैभन्दा धेरै बंगलादेशबाट पढेर आएकाहरू अनुत्तीर्ण भएका छन्, ३६७ सहभागी भएकामा २१६ जना अर्थात् ५९ प्रतिशत फेल भए ।