सकारात्मक सोचको सूक्ष्म तथा शक्तिशाली आधार आध्यात्मिकतामार्फत सिर्जना हुन्छ । आध्यात्मिक साधनाले आत्मालाई शुद्धि गराई उन्नत विचारतर्फ मार्गदर्शन गर्दै व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याइदिन्छ ।
ध्यान आफैंले आफैंलाई चिन्ने माध्यम हो । यसले मनलाई शान्त र शरीरलाई स्वस्थ राख्दै प्राकृतिक ऊर्जामा आफूलाई समाहित गराउँछ । ध्यानले आत्मालाई परमात्मासँग साक्षात्कार गर्न मद्दत गर्छ ।