हामी सिनेमा हेरिरहँदा सिनेमाकै पात्रहरूसँगै उनीहरूको यात्रामा हिँड्छौं । दृश्यअनुसार कहिलेकाहीं रोमाञ्चित हुन्छौं त कहिलेकाहीं दुःखी अनि कहिलेकाहीं आक्रोशित पनि । सिनेमाले हामीभित्र नयाँ सचेतनाको निर्माण त पक्कै गर्छ तर यथार्थ दृश्य परिवर्तन जस्तो सजिलो भने कदापि हुँदैन ।
पहिला त संस्कारमै पनि यो दिन यो गर्नुपर्छ, गर्नैपर्छ भन्ने हुन्थ्यो । किनकि तिहार भनेको त प्रकृतिलाई पूजा गर्ने समय हो नि त ! यो चाडमा गाईलाई पूजा गर्नुपर्छ, कुकुरलाई पूजा गरिन्छ । गोरुलाई पूजा गरिन्छ ।
नाटकघरमा टुसाएको हाम्रो प्रेम नाटकघरमै फक्रियो, संयोगले को–एक्टर भयौं, ब्याकस्टेजमा एकअर्काको कपडा मिलायौं, कपडासँगै मन पनि मिलायौं, तिनै दिनदेखि हामीले प्रेमको यात्रा तय गर्यौं ।
कम्फर्ट जोनमा बसेपछि नयाँ चरित्र बन्न छुट्छ, छुट्नु भनेको मैले गरेका काम उस्तै देखिनु हो, मैले कतिपय फिल्मको कथा सेटमै गएर पढेको पनि छु, त्यो हाम्रै दोष हो, कहिलेकाहीँ परिबन्धमा परिन्छ, कहिलेकाहीँ साथीहरूलाई दिएको वचन टार्न नसकेर त कहिलेकाहीँ अर्थकै लागि पनि यस्तो गल्ती गरिन्छ