निर्वाचनमार्फत प्रकट भएको जनमतले सर्वसाधारणको उर्लिंदो आकांक्षा व्यक्त गरेको छ , भूराजनीतिक द्वन्द्वले सिर्जना गरेको विश्वव्यापी अनिश्चितता आजको सबैभन्दा ठूलो चुनौती हो ।
भारतमा सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेशमा गत ७ वर्षमा कोभिडको वर्ष छाडेर वार्षिक औसत ६.९ प्रतिशत आर्थिक वृद्धि भएको छ, ‘दि इकनमिस्ट’ का अनुसार, पछिल्ला तीन वर्षमा भारतको समग्र आर्थिक वृद्धिभन्दा उत्तर प्रदेशको आर्थिक वृद्धि उच्च छ ।
आत्मनिर्भरताको दृष्टिकोणले महत्त्वपूर्ण हुन सक्ने उद्योगधन्दा, खाद्यान्न उत्पादनमा नै मुलुक पछाडि परेपछि राष्ट्रिय स्वाधीनताजस्ता विषयसमेत प्रभावित हुने खतरा हुन्छ ।
राज्य सञ्चालकहरूले इतिहासको गहन चिन्तन, नैतिक मूल्यमान्यताको अनुसरण र बदलिादो विश्व व्यवस्थाका परिवर्तित आयाम सबैलाई ध्यानमा राखेर अगाडि बढ्नु श्रेयस्कर छ।
संयम, विवेक र दीर्घकालीन सोचसहित विश्वमा भएका ठूला पुनर्निर्माण र छिमेकी मुलुकहरूले संकटपछि अवलम्बन गरिरहेका सुधारहरूबाट नेपालले सिक्दै अगाडि बढ्नुपर्नेछ