सीमित क्षेत्रमा संचालनमा आउन लागेका ब्लु बस महिला यात्रुको संख्याका आधारमा पर्याप्त त हैन तर यो सकारात्मक प्रयास भने हो । तर सरकारले समग्र सार्वजनिक यातायातलाई पनि महिला मैत्री र यौन हिंसारहित बनाउन जरूरी छ ।
मौसमविद्हरूले एल निनोको प्रभावले रोपाइँका बेला पानी नपर्ने, बालीमा असर पर्ने र खाद्य सुरक्षासँगै अर्थतन्त्रसमेत संकटमा पार्न सक्ने चेतावनी दिएका छन्।
सरकारले क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरजस्ता ८ कडा रोगका बिरामीका लागि ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’ सञ्चालन गरेको छ ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौंको मेयरको रुपमा कमजोर देखिएको उनको टिप्पणी छ ।