हरेक पटक उल्लेखनीय संख्यामा पेसाकर्मीको समानुपातिक प्रतिनिधित्वमा आकर्षण हुनु सम्बन्धित पेसाकर्मीलाई आफ्नो पेसासँगै विकर्षण भएर हो वा अन्य केही तत्वले आकर्षण गरेर हो ? यसबारेमा चर्चा गर्नुपर्ने भएको छ ।
समाजमा व्यापार तथा वित्त कारोबारको क्षेत्रमा देखा परिरहेको नवीन सामाजिक यथार्थका बारेमा टाइपराइटर पुस्ताको राजनीतिक नेतृत्वले मनन गर्न नसकेको यथार्थ घामजत्तिकै छर्लङ्ग छ। केवल घुसपैठको भरमा मात्र देशभरका सरकारी कार्यालयमा आगजनी भयो भन्दै जनसांख्यिक लाभका कारण बढिरहेको युवाको उभार र आक्रोशलाई अझै पनि नजरअन्दाज गरेमा त्यसले निकट भविष्यमा अर्को दुर्घटना ननिम्त्याउला भन्न सकिन्न।
नेपालमा हालसम्म सिनेमासम्बन्धी कुनै जर्नल नै प्रकाशन नहुनु, नेपाली सिनेमाका बारेमा लेखिएका लेखहरू नेपाली भाषामा मात्र सीमित हुनु जस्ता पाटोहरूले पनि नेपालभित्र भइरहेको सिनेमासम्बन्धी कर्महरूमा विश्व प्राज्ञिक दुनियाँ बेखबर जस्तै छ
डिजिटल बहुलवादको युगमा के चलचित्र मात्र एक यस्तो श्रव्यदृश्य माध्यम हो, जसले समाजमा वैकल्पिक तथा नवीन रुझानहरूको प्रवाह गरेर संस्थापनवादी धारका चिन्तकहरूले सोचेजस्तै सधैं खतरा उत्पन्न गर्दछ ?