‘ज्ञानको खोजमा स्वतन्त्रता, विचारविमर्शमा स्वतन्त्रता र अध्यापनमा स्वतन्त्रताबिना विश्वविद्यालयको अस्तित्व रहन सक्दैन ।’ विश्वविद्यालयहरूले नैसर्गिक अधिकारका रूपमा उपभोग गर्नुपर्ने स्वतन्त्रताहरूका सम्बन्धमा अमेरिकी शिक्षा दार्शनिक रोबर्ट मेनार्ड हट्चिन्सको यो सारगर्भित भनाइ हाम्रो देशको अग्रणी मानिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सवालमा भने फगत एउटा किंवदन्तीजस्तो मात्र हुँदै गएको छ ।
मानव सभ्यताका विविध आयम र चरित्रबारे ज्ञान उत्पादन गर्ने सिलसिलामा विश्वविद्यालयहरूले थुप्रै सैद्धान्तिक र व्यावहारिक अभ्यास गर्दै आएका छन् । विश्वविद्यालयहरूमा एकै विषयमा केन्द्रित हुने विषयगत (डिसिप्लिनरी) र एकभन्दा बढी विषयहरूको समायोजनमा तयार गरिएका अन्तरविषयगत (इन्टरडिसिप्लिनरी) अध्यापन गराइने विभागहरू हुन्छन् ।
कोभिड–१९ का कारण उत्पन्न चरम मानवीय संकटलाई पार लगाउन भ्याक्सिनहरू आशालाग्दो निरोधात्मक उपायका रूपमा देखा परेका छन् । परम्परागत शैलीमा भन्दा निकै द्रुत गतिबाट विभिन्न देशमा विकास गरिएका कोभिड भ्याक्सिनहरू क्लिनिकल ट्रायलकै चरणमा भए पनि यिनको प्रभावकारिता देखिँदै गएको छ ।
विश्वका सम्पूर्ण मानिस सुरक्षित रहून् भनी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गरिब तथा विकासोन्मुख देशहरूमा समेत कोभिड–१९ विरुद्धको भ्याक्सिन सहज उपलब्ध गराउन तदारुकता देखाएको छ । डब्लूएचओबाट आपत्कालीन प्रयोगको स्वीकारोक्ति पाएका विभिन्न भ्याक्सिनमध्ये कोभिसिल्ड भ्याक्सिन लगाएर आफूलाई सुरक्षित बनाउन नेपाल सरकारले पनि आमजनमा अनुरोध गरिरहेको छ ।
कोरोनाको कालो बादलले नेपाली सिनेजगत् ढपक्कै भएको समय लेखक मनोज पण्डितले पुस्तक निकालेका छन्– ‘सिनेमा मन्थन’ । यो पुस्तक एक सिनेफिलिकले सिनेमासँगको प्रेममा रचेको बौद्धिक प्रेमपत्रजस्तै लाग्छ ।