नेपालले तीन विश्व शक्तिहरू– अमेरिका, चीन र भारतलाई– नेपालको हितमा एकै ठाउँमा ल्याएर साझा समझदारी बनाउन सक्यो भने मात्र आउने दिनहरूमा नेपालको स्वतन्त्र अस्तित्व र समृद्धि सुनिश्चित होला । नत्र हात्तीहरूको लडाइँमा घाँस सप्रिने होइन, किचिमिची हुन सक्छ ।
शान्ति प्रक्रियाद्वारा लैंगिक समानतालाई केही प्राथमिकता दिइए पनि सशस्त्र द्वन्द्वमा हिंसालाई सामान्यीकरण गर्ने हुँदा त्यसको सबैभन्दा धेरै नकारात्मक असर महिलालाई परेको रहेछ ।
९० को दशकदेखि नै अस्थिर सरकार, सशस्त्र द्वन्द्व, त्यसपछि नयाँ संविधान निर्माणको संक्रमणले गर्दा नेतृत्वको उचित ध्यान अन्तर्राष्ट्रिय सम्बन्धतिर जान सकेन । आफ्नै आन्तरिक विषयमा अल्झिादा र व्यावहारिक कमजोरीले गर्दा अरू देशभन्दा हामी निकै पछाडि पर्यौं । फलतः नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध इतिहासकै कमजोर भएको छ ।
हामी आर्थिक रूपमा त्यति गरिब त अवश्य छैनौं होला कि– आफ्नै दिदी–बहिनीलाई नै बेच्नु परोस् ! हाम्रो संस्कार यति कमजोर छैन होला कि– कैयौं छोरीको गर्भमै हत्या हुँदा र दिदीबहिनीलाई दाइजोको निहुँमा जलाइँदा पनि त्यसलाई देखेको नदेखेझैं गरौं