कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

ऋषि धमला पक्राउ

काठमाडौं —

रिपोर्टस क्लव अध्यक्ष ऋषि धमलालाई काठमाडौं प्रहरीले मंगलवार साँझ पक्राउ गरेको छ । यसअघि पक्राउ परेका मधेशका दुई पत्रकारको बयानको आधारमा प्रहरीले धमलालाई पक्राउ गरेको हो । काठमाडौंका प्रहरी उपरिक्षक

नवराज सिलवालले धमलालाई पक्राउ गरेको ई-कान्तिपुरलाई बताए । उनले धमलालाई छानविनको क्रममा पक्राउ गरेको बताएपनि विषयवस्तु भने खुलाएनन् । यसअघि प्रहरीले १९ गते साँझ पत्रकार सुभक महतो र बीरेन्द्र केएमलाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरीएको बिषयमा प्रहरीले सार्वजनिक गरेको छैन ।

 

प्रकाशित : माघ २१, २०६५ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?