बजेट अभावले रोकियो मगर भाषा कक्षा

फाल्गुन १८, २०८०
Magar language class stopped due to lack of budget

सल्यान — मातृभाषा संरक्षणको लागि मगर समुदायको बाहुल्यता भएको छत्रेश्वरी र कालिमाटी गाउँपालिकाका दुई विद्यालयमा सञ्चालित मगर भाषा कक्षा आठ वर्षदेखि रोकिएको छ ।

विद्यालयहरुले बजेट अभावका कारण शिक्षक राख्न सकेका छैनन् । विद्यालयहरुलाई भाषा कक्षा सञ्चालन गर्न स्थानीय तहले बजेट नदिएको र स्थानीय पाठ्यक्रममा समेत मगर भाषा नसमेटिएका कारण समस्या उत्पन्न भएको छ ।

छत्रेश्वरी गाउँपालिका-५ स्थित पृथ्वी आधारभुत विद्यालय र कालिमाटी गाउँपालिका-५ दम्दवालीको जनता माविमा आर्थिक वर्ष २०६७ देखि मगर भाषा कक्षा संचालन गरिएको थियो । जनता माविले एक देखि कक्षा-५ सम्मका बालबालिकालाई मगरधुत १२ र पृथ्वी आधाभुत विद्यालयले एक देखि तीन कक्षासम्म खाम भाषा पढाउँदै आएका थिए ।

दुई विद्यालयमा मगर भाषा कक्षा बन्द भएपछि विद्यालयमा पढ्ने बालबालिका मात्र प्रभावित भएका छैनन् । स्थानीय गाउँले समेत प्रभावित भएका छन् । कक्षा संचालन गरेपछि घरमा तथा साथीभाईसँग आफ्नो मातृभाषा बोल्न जानेका बालबालिकाले सबै बिर्सिसकेका छन् ।

वर्गीकृत विज्ञापन

तत्कालिन जिल्ला विकास समितिले आदिवासी जनजाति कार्यक्रम अन्तर्गत् वार्षिक ४० देखि ५० हजारसम्म अनुदान दिएपछि एक शिक्षक भर्ना गरेर कक्षा संचालन गरेको र स्थानीय तह पुन: संरचना लगत्तै उक्त बजेट आउन छाडेपछि कक्षा रोकिएको जनता मावि दम्दवालीका शिक्षक सुरेश कुमार गाहा मगरले बताए ।

ITPF
Sunrise bank
Nepal Life Insurance

मगर भाषालाई पालिकाले संचालन गरेको स्थानीय पाठयक्रममा पनि नसमेटेको उनले बताए । उनका अनुसार एक देखि ५ सम्मका सय बढी बालबालिकाले मातृभाषा अन्तर्गत मगरभाषा पढ्दै आएका थिए ।

दम्दवालीका मगर समुदायले पनि संरक्षणमा खासै चासो नदेखाएको उनले जानकारी गराए । ‘कालिमाटी गाउँपालिका-५ दम्दवालीमा १ सय ७५ घर परिवारमध्ये ८५ घर मगर छन्। 'लोप हुँदै गएको मगर भाषा संरक्षणको लागि हामी अगाडि बढेका थियौँ तर सम्बन्धित निकाय साथै स्थानीयबाट सहयोग जुटन नसकेपछि निरन्तरता दिन सकेनौँ,' उनले भने ।

सम्बन्धित निकायमा बारम्बार बजेट विनियोजन गर्न आग्रह गर्दै आएपनि बजेट नछुटयाएको र विद्यालयसँग आफ्नै स्रोत नभएकाले पुस्तक किन्न र शिक्षकलाई तलब खुवाउन नसक्दा बाध्य भएर कक्षा रोकिएको पृथ्वी आधारभुत विद्यालय ढोरेनीका प्रधानाध्यापक लोकबहादुर बुढाले बताए ।

उनले कक्षा संचालनको लागि छुट्टै निर्माण गरेको भवन समेत जीर्ण भएको जानकारी गराए । स्थानीय पाठयक्रममा मगर भाषालाई समेट्न र पालिकासँग आग्रह गर्दा पनि सुनुवाई नभएको र जसका कारण भाषा लोप हुँदै गएको उनको भनाइ छ ।

वडा नं. ५ का अध्यक्ष फौदबहादुर बस्नेतले स्थानीय पाठयक्रम लागु गरेपनि मगर भाषाको लागि बजेट छुटयाउन नसकिएको बताए । मातृभाषा संरक्षणका लागि कुरा उठदै आएको उनले जानकारी गराए ।

प्रकाशित : फाल्गुन १८, २०८० १६:४१
×